अन्तरजातीय बिबाह गरेकी माया श्रीमानको कारण सडकमा |

अपराध

अन्तरजातीय बिबाह गरेकी माया श्रीमानको कारण सडकमा |
श्रावण २८ काठमाडौँ :- मिटर व्याजमा पैसा लिएर अवैधबाटो हुदै श्रीमानलाई अमेरिका पठाएकी मायां गुरुङलाई दलालले मात्र होइन अमेरीका पुगेका आफ्नै श्रीमानले धोका दिएपछि सडकमा पुगेकी छन् । २०६४ सालमा पोखराका सुरज बजगाईसँंग प्रेम बिवाह गरेकी मायाले पतीसँगै मिलेर व्यवसायी सुरु गरेपनि श्रीमानले अनैतिक काममा लागेपछि मलेशिया पठाईन् । मलेसिया पुगेर कमाउनको साटोउल्टो नेपालबाट हुण्डी मार्फत पैसा पठाएर नेपाल फर्काउनु प¥यो ।यहि बेला अवैधबाटो हुँदै श्रीमानलाई अमेरीका पु¥याइदिने भन्दै उनको सम्पर्कमा आए क्यानाडा बस्ने अहिले मानव तस्करीको नाइके भन्दै प्रहरीले रेड नोटिश जारी गर्ने तयारीमा राखेकाहिम्तवालीका हिरो सुर्दशन गौतम ।उनीसँग ५२ लाख रुपैयाँ लिएर सुर्दशनले उनका श्रीमानलाई ब्राजिल हुँदै अवैध बाटो अमेरिका पु¥याइन् । तर पनि समस्याले उनलाई छोडेन । आधा करोड खर्चिएर अमेरिका पुगेका श्रीमान केहि समयमा पछि सम्पर्क विहिन भए । सुरजलाई अमेरिका पठाउँदा लिएको ऋण अझै उनले तिरेका छैनन् । साहुहरु मायाँलाई लखेटिरहन्छन् ।ऋणको भारी बोकाएर अमेरिकामा श्रीमान भासिदाको वियोगमा छटपटिएकी मायालाई पनि पुन सुर्दशन गौतमले २८ लाखमा नै अमेरिका पु¥याइदिने सुनाए । श्रीमानगएकै बाटो अमेरिका पु¥याउने भने पनि ग्वाटेमालाबाट उनि नेपाल फर्किइन् । अमेरीका नपु¥याए पैसा फिर्ता दिने भनेका गौतम अहिले सम्पर्क विहिन छन् । धेरैलाई ठगेका र मानवतस्करीका नाईके सुदर्शनका विरुद्ध प्रहरी रेड नोटिस जारी गर्ने तयारीमा छ ।अन्तरजातीय बिवाह गरेकी माया अहिले विचल्लीमा छन् । छोरीलाई लगेर उनि माईतीमा बस्छन् । सुरज के उनको परिवारका कसैले उनको वास्ता नगरेपनि छोरी लैजान खोजिरहेका छन् । समाचार स्रोत :-सिधकुरा जनता संग

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...