सुन पसलबाट ३३ तोला सुन लिएरा एक भारतीय कामदार बेपत्ता ।

अपराध

सुन पसलबाट ३३ तोला सुन लिएरा एक भारतीय कामदार बेपत्ता ।
अक्टुबर २६ पोखरा :- सुन पसलको ३३ तोला सुनसहित एक भारतीय युवक वेपत्ता भएका छन् ।भारत कलकत्ता घर भई पोखरा -९ न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा काम गर्ने ३६ बर्षीय रञ्जन राजवंशी बुधवार दिउसो ३३ तोला सुनसहित सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ । प्रालिबाट ३३ तोला सुन लिएर पोखरा-८ सिर्जनाचोकस्थित गहना बनाउने ठाँउमा हिडेका राजवंशी सुनसहित सम्पर्क बिहिन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...