गुन्डा नाइके अशोक लामा अस्पताल भर्ना ,प्रहरीले नियन्त्रणमा लिना गोलि प्रहर |

अपराध

गुन्डा नाइके अशोक लामा अस्पताल भर्ना ,प्रहरीले नियन्त्रणमा लिना गोलि प्रहर |
जुन ११ काठमाडौँ :-प्रहरी टोली माथि फायर गर्ने गुण्डा नाइके ललितपुर गिम्दी ८ घर भएका ३८ वर्षीय अशोक लामालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।लामाले समुह खडा गरी सातदोबाटो, भैसेपाटी एरियाका प्लटिङ ब्यापारी, क्रसर ब्यापारीसंग रकम असुल गर्ने र निर्माण ब्यबसायीहरुलाई फोन गरी धम्की दिई पैसा माग्ने जस्ता बिभिन्न उजुरी महानगरीय अपराध महाशाखामा प्राप्त भएपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्दा सोमबार दिउसो ललितपुरको यु.एन.पार्क नजिक ३/४ जनाको समुहमा अशोक लामा बसिरहेको अबस्थामा फेला पारी खानतलासी गर्न खोज्दा फायर गरेपछि प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड फायर गर्दा लामाको दाहिने खुट्टामा गोली लागेको थियो । घटनास्थलबाट प्रहरीले १ नाल पेस्तोल र २ राउण्ड गोली समेत बरामद गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...