चोरीको मोटरसाइकल र लागूऔषध सहित पक्राउ |

अपराध

चोरीको मोटरसाइकल र लागूऔषध सहित पक्राउ |

जनवरी २५ काठमाडौँ :-चोरीको मोटरसाइकल र लागूऔषध सहित काभ्रे घर भई काठमाडौँ महाराजगंज बस्ने २२ बर्षीय डेण्डुप लामा र महाराजगंज बस्ने सोलुखुम्बु घर भएका २६ बर्षीय सविन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले माघ ८ गते शिक्षण अस्पतालबाट जितबहादुर वाईवाको बा.६० प ४०३० नम्वरको युनिकन मोटरसाइकल चोरी गरेका थिए । उनीहरुलाई प्रहरीले शिक्षण अस्पताल महाराजगंज अगाडी रहेको सुनाखरी होटलबाट चोरीको मोटरसाइकल र लागुऔषध डाईजोल्याव ५ एम्पुल, नुर्फिन ५ एम्पुल, फेनेरागन ५ एम्पुल र ३ थान सिरिन्ज सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...