सडक बालक जस्तो सटर अगाडी सुत्ने ,अनी सुनसान भए पछी चोरी गर्ने पक्राउ |

अपराध

सडक बालक जस्तो सटर अगाडी सुत्ने ,अनी सुनसान भए पछी चोरी गर्ने पक्राउ |
असोज १३ पोखरा :-पोखरा महानगर क्षेत्रका मनि चेन्जर र सहकारीबाट झन्डै २० लाख चोरी गर्ने व्यक्तिलाई प्रहरीले पोखरामा सार्वजनिक गरेको छ ।महानगरका विभिन्न स्थानमा सञ्चालित मनि चेन्जर र सहकारीमा चोरीमा संलग्न धनगढीका १८ वर्षीय कमल ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ठगुन्नाले लेकसाइडमा रहेको एभरेष्ट मनि चेन्जरबाट नगद ९६ हजार, सिर्जनाचोकको जनएकता बचत तथा ऋण सहकारी सस्थाबाट नगद ९ लाख १४ हजार तथा अम्मरसिंहचोकमा रहेको भिजन बचत तथा ऋण सहकारी सस्थाबाट नगद ९ लाख ६७ हजार ५ सय ७९ गरी जम्मा नगद १९ लाख ७७ हजार ५ सय ७९ चोरी गरेको कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । चोरी अभियोगमा पक्राउ परेका ठगुन्नाको साथबाट प्रहरीले ३ वटा मोबाइल र नगद ५ लाख ३८ हजार ८० रुपैया बरामद गरेको जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...