गृह मन्त्रालयका स -सचिव बाबुराम गौतमकी श्रीमती घुस लिंदै गर्दा पक्राउ |

अपराध

गृह मन्त्रालयका स -सचिव बाबुराम गौतमकी श्रीमती घुस लिंदै गर्दा पक्राउ |

अप्रिल ०३ काठमाडौँ :- गृहमन्त्रालयका सहसचिव बाबुराम गौतमकी शाखा अधिकृत पदमा कार्यरत श्रीमती इन्दिरा गौतम खनाल २०७४ चैत ७ गते ९ हजार घुस लिंदालिंदै पक्राउ परेकोछ ।घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतमलाई काठमाडौं हिडेन ट्रेजर नामक सिलाई बुनाई गार्मेन्ट संचालन गर्न उद्योग दर्ताका लागि ९ हजार घुस लिंदालिंदै अख्तियारको टोलीले पक्राउ गरेको हो।

उनका श्रीमान बाबुराम गौतम हाल गृहमन्त्रालय अन्तर्गत कार्यरत छन् । उनी शाखा अधिकृत हुँदा नै रुपन्देहीको कामु स्थानीय विकास अधिकारी(एलडीओ) भए । उनी ४ बर्ष रुपन्देहीको एलडीओ हुँदा नै अथाह सम्पत्ति आर्जन गर्ने उपसचिवका रुपमा चिनिन्थे ।जनप्रतिनिधि नभएको समयमा रुपन्देहीबाट ढुंगा गिटी भारतततर्फ तस्करी गरी उनले करोडौं रुपैयाँ आर्जन गरेका थिए । सहसचिव बढुवा भएपछि उनी गृह मन्त्रालयमा सरुवा भएर पाल्पाको प्रमुख जिल्ला अधिकारी भएका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...