प्रदेश नम्बर ५ मा ५०० प्रहरी कारबाहीमा |

अपराध

प्रदेश नम्बर ५ मा ५०० प्रहरी कारबाहीमा |
जुलाई १ बुटवल :- प्रदेश नम्बर ५ मा करीब ५०० बढी प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । उनीहरुमाथि संगठनको आचरण विपरित काम, निर्देशनको अवज्ञा, अवैध लेनदेन गरेका लगायतका आरोप लगाइएको छ । ५ नं प्रदेश प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्षको साउन महिनायता एक डीएसपीसहित ४९८ प्रहरी कारबाहीमा परेका हुन् । उनीहरुलाई कसुर अनुसार घटुवा, ग्रेट रोक्का, तलब रोक्का, नसियतलगायतका कारबाही गरिएको बताइएको छ । कारबाहीमा सबैभन्दा धेरै दाङका ६१, रुपन्देहीका ५१, नवलपरासीका ४६, कपिलवस्तुका ४१, बाँकेका ३८, अर्घाखाँचीका ३०, बर्दियाका ३०, रोल्पाका १६, पाल्पाका ९, गुल्मीका ९ र रुकुमका ४ जना परेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...