गलत समाचार सम्प्रेसण गर्ने प्रहरी हिरासदमा |

अपराध

गलत समाचार सम्प्रेसण गर्ने  प्रहरी हिरासदमा |
श्रावण १८ काठमाडौँ :- जघन्य प्रकृतिको अपराधको अनुसन्धान कार्यमा वाधा पुर्‍याउने तथा प्रहरी संगठनको प्रतिष्ठामा समेत आँच पुग्ने गरी गलत समाचार प्रकाशित गरी सामाजिक संजालमा सम्प्रेषण गर्ने कार्यमा संलग्न आरएमखबर डट कमका प्रबन्ध निर्देशक प्राप्ती सापकोटा पौडेल भन्ने एञ्जिला सापकोटालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको टोलीले बुधबार पक्राउ गरेको छ । कंचनपुर भिमदत्त नगरपालिका–२ उल्टाखाम वस्ने १३ वर्षीया निर्मला पन्त साउन ११ गते बिहान मृत अवस्थामा फेला परेको घट्नाको सम्वन्धमा अनुसन्धान भइरहेको र संलग्न प्रतिवादी हालसम्म खुल्न नआएको अवस्थामा सामाजिक संञ्जाल फेसवुकमा “यिनै हुन १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी बलात्कार गरी हत्या गर्ने प्रहरी सक्दो शेयर गर्नुहोला” भन्ने शीर्षकको भ्रामक सामग्री सहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटो समेत पोष्ट गरी फेसवुकमा शेयर गरेको पाइएको थियो । संबैधानिक मौलिक हकको समेत प्रतिकूल हुने गरी आधार बिना सामाजिक संजाल फेसवुकमा पीडित परिवारलाई अझै पीडित बनाउने गरी सार्वजनिक नैतिकता तथा शिष्टाचार बिरुद्दका सामग्रीहरुले सामाजिक प्रतिष्ठामा आँच आउने तथा घृणा र द्वेष फैलाउने हुँदा यस्ता भ्रामक र अमर्यादित सामग्रीहरु सम्प्रेषण भएको सम्बन्धमा अनुसन्धान गर्दा उल्लेखित सामाग्रीहरु आरएमखबर डट कममा प्रकाशन गरेको खुल्न आएको छ । प्रहरीले उनलाई बिधुतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।   स्रोत :-प्रहरी पेजबाट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...