आफ्नो दाज्युबाट बलात्कृत चेलीको बिचल्ली ,दाइलाई जेल हाल्दा परिवारबाट असहयोग |

अपराध

आफ्नो दाज्युबाट बलात्कृत चेलीको बिचल्ली ,दाइलाई जेल हाल्दा परिवारबाट असहयोग |
अप्रिल २४ गुल्मी :- एक महिना अघि गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजुद्धारा १६ वर्षिया किशोरी वलात्कृत भएकी थिईन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् ।आफ्नै दाजुद्धारा जवरजस्ती करणीको मुद्धा जिल्ला प्रहरी कार्यालय मार्फत अदालतमा दायर गरेकी थिईन । मुद्धा दायर गरेर निज दाजु पुर्पक्षका लागि कारागार चलान भए पछि घर परिवारले दाजुलाई जेल हालिस भन्दै घरमा वस्न खान नदिएको र आफु अध्ययन गर्नबाट बञ्चित हुने अवस्थामा आई पुगेको ति किशोरीले बताईन् । “मुद्धा दिन सघाउ गरेका ठुला दाजुले समेत अहिले सर्पोट गर्न छाड्नु भयो”, ति किशोरीले भनिन्, “बृद्ध आमा आफै विरामी हुनुहुन्छ म तम्घासमा बसेर कक्षा ९ मा पढ्दै आएकी थिएँ, अहिले त स्कुलको फि समेत बुझाउन नसकेर वसेकी छु ।” “सवैबाट सहयोग नभए मैले स्कुल छाड्नु पर्ने भयो”, उनले थपिन् ।जिल्ला प्रहरी कायालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार निज वलात्कारी दाजु पुर्पक्षका लागि कारागार थुनामा परेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...