सामान्य बिबाद हुँदा दुम्कीबासमा ५ जना मिलेर एक जनाको हत्या |

अपराध

सामान्य बिबाद हुँदा दुम्कीबासमा ५ जना मिलेर एक जनाको हत्या |
असोज ४ नवलपरासी :-नवलपुरको दुम्किवासमा आज एक जनाको हत्या भएको छ । विनयी त्रिवेणी गाँउपालिका १ मा रहेको बाग्लुङ कालिका क्रसर उद्योग भित्र आपसी विवाद भएर झगडा हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा विनयी त्रिवेणी गाँउपालिका २ का अन्दाजी २५ वर्षिय रुपेश महत्तो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि ठाँउका २२ वर्षिय सुरज काउचा मगर, ३४ वर्षिय सन्तोष बहादुर थापा, १९ वर्षिय सागर थापा, १९ वर्षिय मनोज जंग कंट्टेल र २२ वर्षिय दिपेन रोक्का रहेको नवलपुर प्रहरीले जनाएको छ । सुरज काउचा मगर र मृतक महत्तोबिच हिजो दिउसोदेखिनै विवाद भएको र राती मगरसहित गएका ५ जनाले कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भिर घाईते भएका महत्तोलाई स्थानियले उद्वार गरि मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...