फेसबुक साथीले भिडियो सार्बजनीक गर्दिने धम्की दिंदै १ करोड मागिन |

अपराध

फेसबुक साथीले भिडियो सार्बजनीक गर्दिने धम्की दिंदै १ करोड मागिन |
कात्तिक ७ काठमाडौँ :- केही समय अघी एक प्रतीष्ठित मेनपावर व्यवसायीले सामाजिक सञ्जाल फेसबुकमा निशा अधिकारीको नाममा आएको फ्रेण्ड रिक्वेस्ट स्विकार गरे । भर्चुअल मित्रताको छोटै समयमा ती युवतीले व्यवसायीको फोन नम्बर हात पारिन् र गत असार १ गते उनको कार्यलयमै भेटन् पुगिन् ।आफ्नो नाम इन्दु बताउने र घर झापको बुधबारे बताउने ती युवतीले ती व्यवसायीको कार्यकक्षमा भिडियो अन गरेर गोप्य रुपमा मोबाइल राखेकी थिइन् । क्यामेराले खिचिरहेका बेला ती युवतीले व्यवसायीलाई अंगालो मारिन् र चुम्बन गरिन् । केटी फर्केको केही दिनमा आफूलाई गणेश लामा बताउने एक युवाले कुराकानी गर्न प्रयोग हुने मोबाइल एप्लिकेसन इमो मार्फत व्यवसायीलाई युवतीसँग अंगालो मारेको र चुम्बन गरेको भिडियो पठाए । त्यसलगत्तै गणेशले गोप्य भिडियो आफूसँग रहेको र एक करोड रुपैयाँ नदिए उक्त भिडियो सामाजिक सञ्जाल र युट्युबमा अपलोड गरिदिने धम्की दिए । अनुसन्धानमा संलग्न प्रहरीका स्रोतका यसरी धम्क्याउने काममा संलग्न युवती र युवक दुवै जना मेनवापर कम्पनीका एजेन्टहरु हुन् । उनीहरुले सजिलै मनग्गे कमाउन ती मेनपावर व्यवसायीलाई टार्गेट गरेका थिए । सुरुमा धम्कीयुक्त आदेश पाएपछि आत्तिएका व्यवसायी केही लाख रुपैयाँमा कुरा मिलाउने मनस्थितिमा पुगेका थिए । तर रकममा कुरा नमिलेपछि ती व्यवसायी महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी लिएर पुगे । कार्तीक ६ गते अपराध महाशाखाले गौशालाबाट बद्री लामीछाने र इन्दिरा उप्रेतीलाई पक्राउ गर्‍यो । ठगी धन्दामा संलग्न इन्दिराले निशा अधिकारीको नाममा फेसबुक चलाएकी थिइन् भने बद्रीले आफ्नो नाम गणेश लामा बताएर रकम असुल्न खोजेका थिए । महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार विशुद्ध ठग्ने नियतले योजनवद्ध रुपमा उनीहरुले धनाढ्य व्यापारीलाई फेसबुकबाट साथी बनाउने, भेटघाटको बहानामा भिडियो खिच्ने र रकम असुल्ने योजना बनाएको देखिन्छ । एसपी उप्रेतीका अनुसार पछिल्लो १६ महिनामा मात्रै महाशाखामा यस्तै प्रकृतिको ठगीकमा तीन उजुरी परीसकेका छन् । उनले भने, ‘सुन्दर युवतीको प्रयोग गरेर धनाढ्य व्यापारीबाट रकम असुल्ने क्रम निरन्तर देखिन्छ ।’ साभार: -कान्तिपुरडेली

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...