नेवा खलको आयोजनामा इजरायलमा म्ह :पुजा मनाउने तयारी ।

जनजाती बिशेस

नेवा खलको आयोजनामा इजरायलमा म्ह :पुजा मनाउने तयारी ।
अक्टुबर २२ तेल अभिव फिष्टेल न्यूज:-नेवार समुदायको आफ्नो मौलिक भाषा, लिपि, धर्म ,कला संस्कृति, भेषभूषा साथै चाड पर्बहरुको प्रचार प्रसार , संरक्षण एबं सम्बर्दन गर्ने उद्देश्यले संन २०१० मा स्थापना भएको संस्था राष्ट्रीय नेवा: खल: इजरायलद्वारा नेपालको राष्ट्रिय सम्बत( "नेपाल सम्बत ११४०) स्वती नख :न्हू द ११४० या सकसित भिन्तुना " म्ह: पुजा पर्ब मनाउने भएको छ ।स्थापना काल देखि नै आफ्नो मौलिक चादपर्वहरु बिदेशी भुमीमा भए पनि मनाउंदै आईरहेको यस सस्थाले म्ह :पुजा आगामी इस्बी सम्बत २०१९ नोभेम्बर १ तारिखको दिन इजरायलमा नेपालीहरुको छुट्टिको दिनलाई मध्यनजर राख्दै कछलाथ्व पंचमी तिथि शुक्रबार साँझ ६ बजे ईजरायलको तेल-अभिब स्थित एभरेष्ट डिस्को हलमा बिगतका बर्षहरूमा जस्तै भब्य रुपले मनाउने भएको छ । यस कार्यक्रममा नेवा: भोज, शुभकामना आदान-प्रदान, भाग्यशाली चिठ्ठा कार्यक्रमको साथमा राष्ट्रिय कलाकार श्री सरिता शाहीको मनोरंजनात्मक सांगितिक प्रस्तुतीहरु रहने नेवा खल इजरायलका अध्यक्ष मनु श्रेष्ठले बताउनु भयो ।यस नेवारी पहिचान बोकेको यस भब्य कार्यक्रमलाई उपस्थित भई सफल बनाउन सहयोग गरी दिनु हुन इजरायलमा स्थापित बिभिन्न धार्मिक, सामुदायिक,राजनैतिक, सामाजिक, साहित्यिक संघ संस्थाहरु लगायत सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरिएको छ ।

स्वती नख :न्हू द ११४० या सकसित भिन्तुना " म्ह: पुजा राष्ट्रीय नेवा: खल: इजरायल स्थान :-एभरेस्ट डिस्को हल मिती :-१ नोवेम्बर २०१९ समय :-सांझा ६ बजे देखि १२ सम्म

नोट :-नोबेम्बर २ तारिख बेत्लेखेम लगायत संसारको होचो ठाउँ मृत सागर भ्रमण पनि राखिएको आयोजकले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...