पोखरामा मिनी ट्रकको ठक्करबाट एक युवकको मृत्यु ।

स्थानीय

पोखरामा मिनी ट्रकको ठक्करबाट एक युवकको मृत्यु ।
मे २२ पोखरा :- पोखरा महानगरपालिका–२९ भण्डारढिक स्थित पृथ्वीराजमार्गमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मङ्गलबार साँझ पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३४१६ नम्बरको ट्रक र गगनगौँडाबाट पोखरा आउदै गरेको ग १३ प २६६० को नम्वरको मोटरसाईकल एकआपसमा ठोकिदा पोखरा–१४ चाउथे खाल्टेमसिना बस्ने वर्ष २७ का श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि गम्भिर घाईते भएका गुरुङलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याई पु¥याईएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाई छ ।दुर्घटना पछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...