पोखरामा सहकारीबाट ९ लाख चोरी |

अपराध

पोखरामा सहकारीबाट ९ लाख चोरी |
असोज २ पोखरा :- पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित जनएकता बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार ९ लाख रुपैयाँ चोरी भएको छ ।स्थानीयले बिहान ८ बजे नै सहकारीको कार्यालय खुला र ढोकामा काटिएको चाबी र भुइँमा ह्याक्सा ब्लेड तथा रड देखेपछि कर्मचारीलाई खबर गरेका थिए । आइतबार बेलुका सवा ७ बजे सहकारीमा आफूले ताला लगाएर गएको कर्मचारी सुनीता पाण्डेले जानकारी दिएकी छन् । ‘सहकारीमा सटर भित्र र बाहिरपट्टि गरी दुवैतिर ताला लगाइएकोमा दुवै फोरिएको अवस्थमा भेटिएको कास्की प्रहरीले जनाएको छ । ‘बाहिर सटर र भित्र काउन्टरसम्मका गरी ६ वटा ताला फोरिएको भेटियो,’ पाण्डेले भनिन्, ‘सहकारीको २ काउन्टर र दराजभित्रको लकबक्स फोरिएको छ ।’ अघिल्ला दिन ढिलो हुँदा सहकारीमै पैसा छाड्ने गरिएको पाण्डेले सुनाइन् । ‘बैंक बन्द हुँदाको दिन १२ लाख रुपैयाँसम्म पैसा सहकारीमै राखिन्थ्यो,’ उनले भनिन् । सहकारीभन्दा सय मिटर तल सिर्जनाचोकतर्फ जिल्ला प्रहरी कार्यालय कास्कीको टोली राति १ बजेसम्म गस्तीमा थियो । त्यस्तै सहकारीको ५० मिटर उत्तरको एक फलफूल पसल बिहान ३ बजेदेखि खुलेको थियो । १ बजेपछि र ३ बजेभित्र चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ । सहकारीको कार्यसमिति पदाधिकारी र कर्मचारीले सोमबार चोरीको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...