प्रधानमन्त्री के पी ओली र माओबादी अध्यक्ष प्रचण्डलाई पक्राउ पुर्जी जारि |

राजनीति

प्रधानमन्त्री के पी ओली  र माओबादी अध्यक्ष प्रचण्डलाई पक्राउ पुर्जी जारि |

मार्च २८ काठमाडौँ :- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।केही दिन अगाडि सरकारले विप्लवका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको जवाफमा विप्लवको पार्टीेले ओली र प्रचण्ड विरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने बताएको थियो ।

दुई नेताका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी ओलीका विरुद्ध जारी गरिएको वारेन्ट पत्र आजै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र सुकेधारा स्थित पार्टी कार्यालयमा टाँसिएको सो पार्टीको दावी छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...