राष्ट्रपतिको चुनाव फागुन २९ मा हुने ,राष्ट्रपति भण्डारी दोहोरिन सक्ने |

राजनीति

राष्ट्रपतिको चुनाव फागुन २९ मा हुने ,राष्ट्रपति भण्डारी दोहोरिन सक्ने |

फेब्रअरी २३ काठमाडौँ :- नेपालमा गणतन्त्र स्थापना भएपछि तेस्रो राष्ट्रपति को भन्ला भन्ने चासो बढ्दै गएको छ । यहि महिना हुने निर्वाचन मार्फत मुलुकले तेस्रो राष्ट्रपति प्राप्त गर्नेछ ।निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको फागुन २९ गते तोकेको छ |

आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । २३ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । जस अनुसार फागुन २३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुर्‍याएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।नयाँ राष्ट्रपति चयनका लागि २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र ४ बजेबाट मतगणना सुरु हुनेछ । यदि कुनै उम्मेदवारले  बहुमत प्राप्त नगरे फेरि मतदान गराउनुपर्ने ब्यवस्था छ ।

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् । उनले गठबन्धनको निर्णयअनुसार आफू जिम्मेवारी लिन तयार रहेको बताइसकेका छन् । माओवादी नेता शेरचनले पनि आफूलाई अघिल्लोपटक नै ‘अफर’ आएको र पार्टी अध्यक्ष प्रचण्डको आग्रहअनुसार जिम्मेवारी लिने मनस्थिति बनाएर बसेको प्रस्ट पारेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...