तमु समाज युएईको तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा।

मूलबासि /भूमिपुत्र    विदेश

तमु समाज युएईको तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा।
मंसीर १ फिस्टेल न्युज सम्बाददाता मान सिङ तमु युएई :- तमुहरु (गुरुङ) को मौलिक महान पर्व तमु फो - ल्होसारको अवसरमा खि (कुकुर) ल्हो (वर्ग) को बिदाइ र फो (मृग) ल्हो को स्वागत गर्दै तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। उक्त तमु फो- ल्होसार सांस्कृतिक कार्यक्रम - २०७५ यहि आउदो जनवरी ०४ तारिख २०१९ शुक्रबार आबुधाबी मलयली समाजम हल मुसाफाह (के.एम.ट्रेडिङ पछाडी ), आबुधाबी युएईमा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त लोकप्रिय गायिका मेलिना राईको बेजोड सांगीतिक धमाका सहित प्रबास युएईमा रहेका प्रवासी नेपाली कलाकारहरुको प्रस्तुतिका साथ भव्य रुपमा सम्पन्न हुन गइ रहेको छ भने तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रमको लागि तयारी लगभग अन्तिम अवस्थामा पुगेको आयोजक तमु समाज युएईले जनाएको छ। प्रबास युएईमा रहेका सम्पुर्ण प्रबासी नेपाली संघ संस्थाका प्रमुख , प्रतिनिधि , व्यावसायी , पत्रकार , बुद्धिजीवी मानुभावहरु , शुभचिन्तकहरु , दाजुभाइ तथा दिदिबहिनीहरुमा कार्यक्रमलाई ऐतिहासिक रुपमा भव्य र सभ्य रुपमा सम्पन्न गराउनको लागि उपस्तिथि जनाइ दिनु हुन तमु समाज युएईले निमन्त्रणा गरेको प्रचार प्रसार प्रमुख मान सिङ गुरुङले बताउनु भएकोछ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...