नवलपुरमा थारु समुदायको मेदरी नाच प्रदर्शन गरे |

मूलबासि /भूमिपुत्र

नवलपुरमा थारु समुदायको मेदरी नाच प्रदर्शन गरे |
मंसिर ३-मंसीर ;- हरिबोधनी एकादशीका अवसरमा थारु समुदायको महत्वपूर्ण मेडरी नाच नवलपुरको कावासोती नगरपालिका–१७ को गुन्द्रही चौरमा देखाइएको छ । कावासोती र मध्यबिन्दु नगरपालिकाका थारु समुदायका नचनियाहरुले आफ्नो समुदायको संस्कृति सरक्षण गर्ने उद्देश्यले नाच देखाएका हुन् । पितृ औशीमा पितृ बिसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन बिहानै नदी तथा खोलामा पूजा गरेर नाचे पछि अन्त्य गरिने स्थानीय थारु अगुवा पुष्परत्न महतोले बताए । मेडरी नाँच कृष्णलिलामा आधारित भवरा नाच, महाभारतमा आधारित महाभार नाच र रामलिलामा आधारित सीताहरण नाच गरी तीन प्रकारको हुने उनले बताए । दैवीशक्तिमा आधारित नाच विशेष गरी दसैँ, तिहारलगायतका पर्वमा नाचिने र कुनै शुभकार्यमा पनि नाचिने थारु अगुवा महतोले बताए । करिब १०० देखि १५० जना नचनियाहरु गोलाकार रुपमा नाच्ने गर्दछन । मेडरी नाच्दा मादल, झ्याली, तरवार र लट्ठीको प्रयोग गरिन्छ । पछिल्लो समय मेडरी नाच लोप हुँदै गएकोमा थारु अगुवा महतो चिन्तित छन् । मेडरी नाचसम्बन्धी पुस्तक नै प्रकाशित गरेका महत्तोले भने, ‘पहिले पहिले यो नाच नाच्ने धेरै हुन्थे तर अहिले त्यो संख्या घट्दै गएको छ । थारुहरुको संस्कृति संरक्षणमा मेडरी नाचको निकै महत्व रहेको थारु अगुवाहरुको भनाइ छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...