तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेबाट पोखरामा हुने ।

जनजाती बिशेस

तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेबाट पोखरामा हुने ।
अक्टुबर २६ पोखरा :- तमु(गुरुङ्ग)हरुको धर्म गुरुहरु मध्येको एक प्रमुख तर लोपन्मुख बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेदेखि २६ गते पोखरामा हुने भएको छ ।“प्रथम तमु बोन्पो भेलाको आव्हान, संस्कार सँस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि हाम्रो अभियान” नाराका साथ हुने भेलामा आठ जिल्लाका २ सय बोन्पो लम, १ सय पच्यु र १ सय क्ल्हेप्री गरी चारसयसहित केही पैडीहरुको समेत सहभागीतामा पोखरा ११ रानीपौवास्थित फलिना क्होइबो शक्तिघाटमा भेला तमु प्ये ल्हु संघ कास्कीले विहीवार लेकाली चुलो घर पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 22789222_1975642265785912_2382982416235789882_n भेलाको पहिलो एतिहासिक दिन कार्तिक २४ गते पोखरामा झाँकीसहित र्यालीले नगर परिक्रमा गरी समुद्घाटन समारोह, २५ गते बोन्पो लम सम्बन्धी कार्यपत्र प्रस्तुत, विभिन्न धार्मिक प्रस्तुतिहहरु र तमु बोन्पो लम गठन गर्ने र तेश्रो दिन कार्तिक २६ गते केन्द्रीय युवा समिति तथा विभिन्न तमु समाजहरुको साँस्कृतिक कार्यक्रमसहित घोषणापत्र जारी गर्दै भेला समापन गरिने भएको छ । bonpo

बोन्पो धर्मगुरु बोन्पो लम लोप हुदै गएकाले बोन्पो लमको तथ्याङ्क संकलन गर्ने, बोन्पो लमलाई तमु प्ये ल्हु संघमा सम्पर्क गराउने,बोन्पो लमको पहिचानसहित प्रदर्शन गर्ने, बोन्पोलम बारे जनमुदायलाई जानकारी गराउने, समिति गठन गरी संस्थागत रुप दिने, बोन्पो लमको उत्थानका बारेमा छलफल गर्ने, बोन्पो लमको प्ये संकलन गर्ने, बोन्पो लमको चेला प्रशिक्षण एव उत्पादन गर्ने र बोन्पो लमको संरक्षण सम्बर्धन तथा प्रबर्धन गरी उत्थान गर्ने उद्धेश्य रहेको तमु प्ये ल्हु संघ कास्की जिल्ला समितिकी सचिव विष्ण तमुस्योले जानकारी दिनुभयो ।

प्रथम ऐतिहासिक तमु बोन्पो लम भेलामा गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ्ग, तनहुँ, धादिङ्ग र संखुवासभा लगायतका जिल्लाबाट सहभागीता रहने सचिव तमुले बताउनुभयो । भेलामा गोरखाबाट करिब १५० , लमजुङबाट ७, तनहुबाट १०, संखुवासभाबाट ५, कास्कीबाट १० जना, मनाङ्गबाट ५ जना, र अन्य जिल्लाबाट १० जना गरी २०० तमु बोन्पो लमको सहभागीता रहने बताइएको छ ।उक्त भेला सम्पन्न गर्नका लागि तमु प्ये ल्हु संघ यकेका सल्लाहकार तथा पुर्व सचिव भेग च्हाक्ली तमुको प्रमुख संयोजकत्वमा १९ देशका ४२ सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरी क्रियाशील रहेको पत्रकार सम्मेलनमा जानका री गराइएको थियो ।

भेलाका लागि युकेबाट २ लाख ५० हजार, युएईबाट १ लाख २५ हजार, हङकङबाट १ लाख २० हजार, अमेरिकाबाट १ लाख, कतारबाट ५० हजार, ओमनबाट ६५ हजार २११, बहराइनबाट ४५ हजार, कुवेतबाट ३५ हजार, इजरायलबाट २५ हजार, साउदीअरबबाट २५ हजार, मकाउबाट २० हजार, मलेशियाबाट १० हजार, कोरियाबाट १० हजार, र विभिन्न सहयोग दाताहरुबाट १ लाख रुपैया संकलन गरी ९ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा तमु प्ये संकलन तथा लेखन समितिका संयोजक ले.इन्द्रबहादुर तमुले तमु बोन्पो लम तमुहरुको मुल पुरोहित मध्ये एक भए पनि लोप हुने अवस्थामा पुगेकाले भेला आवाश्यकतामा जोड दिनुभयो ।तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला तमु प्ये ल्हु संघ केन्द्रीय समितिको संरक्षकत्वमा, जिल्ला समिति कास्कीको आयोजना तथा तमु प्ये ल्हु संघ जिल्ला समिति लमजुङ र जिल्ला समिति गोरखाको सहआयोजना, देशभरका जिल्ला तथा ईकाई शाखाहरु लगायत प्रवास शाखाहरुको संयुक्त सहभागीतामा हुने भएको हो ।तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीका कार्यवाहक अध्यक्ष तथा संयोजक ओमबहादुर तमुको अध्यक्षतामा भएको पत्रकार सम्मेलन सचिव विष्णु तमुस्योले संचालन गर्नु भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...