पोखरामा वोन्पो लम भेलाको तयारी पूरा ।

जनजाती बिशेस

पोखरामा वोन्पो लम भेलाको तयारी पूरा ।
 
लोकेन गुरुङ/ ,कात्तिक २१ पोखरा :-तमु प्ये ल्हु संघ कास्कीको आयोजना ,गोर्खा र लमजुङको सह- आयोजनामा यहीँ कात्तिक २४-२६ सम्म पोखरामा हुन गइरहेको एतिहासिक प्रथम रास्ट्रीय तमु वोन्पो लम भेलाको तयारी भएको पोखरामा सम्पन्न पत्रकार भेटघाटमा जानकारी गराएको छ ।देश भरिको झन्डै २०० जना वोन्पो लमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
भेलाको समुदघाटन समारोह पुर्व पोखरा सभागृहबाट तमु जातिको सास्कृतिक झाकिले नगर परिक्रमा पछि केन्द्रिय कोहिबो धिमा पुगेर समुदघाटन समारोहमा परिणत हुने स्रोतले जनाएकोछ । भेलाको अवसर पारेर कोहिवो परिसर रङ्गिचङ्गी र झकिझकाउ पारिएको सरसफाइ संयोजक बुद्धि क्रोम्जेले जनाउनु भयो । झाकिमा प्रथम हुने समुहले नगद १५००० र प्रमाणपत्र ,दित्तिय हुने समूहले १० हजार र प्रमाणपत्र अनि तृतीय र सान्त्वना हुने समुहले ५/५ हजार र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमा जानकारी गराएकोछ ।कार्यक्रमका लागि झन्डै सात लाख सहयोग रकम संकलन भै सकेको र झन्डै नौ लाख खर्च हुने अनुमान गरिएको अर्थ संयोजक भेगलाल चाह्क्ली तमुले बताउनु भएकोछ ! युके,बहराइन ,अफ्गानिस्तान,कुबेत,यु ए इ,अमेरिका,कोरिया ,ओमान,स्पेन आदिबाट सहयोग आइसकेको र हङकङ ,कतार,साउदी ,इजरायल लगायत अन्य देशहरूबाट सहयोग आउने क्रममा रहेको स्रोतले जनाएको छ ।
भेलाको तयारीका लागि पोखराका विभिन्न १५ स्थानमा रोड ब्यानर राखिएको र विभिन्न छापा तथा इलेक्ट्रोनिक मिडिया हाउसहरुमा बिज्ञापन प्रकाशन प्रशारण गरिएको प्रचारप्रसार संयोजक मनि सरब्ज तमुले बताउनु भयो । संघका अध्यक्ष उमबहादुर पह्च्युको अध्यक्षतामा सम्पन्न प्रेस मिटको संचालन सचीव बिस्नु भुज तमु र स्वागत प्रचारप्रसार संयोजक मनि सरब्ज तमुले गर्नु भएकोथियो । संचार कर्मिहरुको जिज्ञास माथी केन्द्रिय अध्यक्ष हितकाजी टु तमु र ले. इन्द्रबहादुर केप्छे तमुले प्रस्ट्याउनु भएकोथियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...