गुरुङ(तमु ) वर्णबिन्यास पुनरावलोकन कार्यशाला गोष्ठी पोखरामा ।

जनजाती बिशेस

गुरुङ(तमु ) वर्णबिन्यास पुनरावलोकन कार्यशाला गोष्ठी पोखरामा ।
सेप्टेम्बर १८ पोखरा सम्बाददाता :-मातृभाषा केन्द्र नेपालको आयोजनामा साथै हिमाली आदिवाशी नेपालको संयोजनमा गुरुङ वर्णबिन्यास पुनरावलोकन कार्यशाला गोष्ठी पोखरामा मंगलबारेदेखि सुरु भएको छ । गोष्ठी दुई दिनसम्म संचालन रहनेछ । MTCN केन्द्रका निर्देशक सुशील सुब्बा, नेत्रमणी दुमी राई (TU), वारेन ग्लोबर (SIL International) मूख्य परामर्शदाता रहनुभएको छ । हिमाली आदिवाशी नेपालका कार्यक्रम संयोजक लाक्पा टशी गुरुङको मध्यस्तता रहेको छ । मातृभाषा केन्द्र नेपाल र SIL International को संयुक्त आयोजनामा काठमाडौंमा २०७३ साल माघ १२ देखि १५ गतेसम्म संचालित कार्यशालामा तयार पारिएको गुरुङ भाषाको लेखन शैली नामक पुस्तिकाको आधारमा हिमाली आदिवाशी नेपालको आर्थिक सहयोगमा गत बर्ष स्याङ्जा, कास्की, लमजुङ र तनहुँ जिल्लामा लेखन शैली प्रशिक्षण सम्पन्न गरिएको सहभागी प्रशिक्षक मध्येका एक बुद्धि गुरुङ बताउनुहुन्छ । सोही कक्षाहरुबाट प्राप्त प्रशिक्षार्थी एबम् बौद्धिक बर्गहरुबाट प्राप्त सुझाबहरुको आधारमा परिमार्जन गर्नका लागि कार्यशाला केन्द्रीत रहेको पनि वहाँले जानकारी दिनु भयो । तमु गुरुङ भाषाको लेखन शैलीका प्रशिक्षकहरु, गिरिप्रशाद गुरुङ, बुद्धिप्रशाद गुरुङ, गमबहादुर गुरुङ, मीन गुरुङ, गजेन्द्र गुरुङ लगायत जिल्लागत भाषा बिभागका प्रमुखहरुको बाग्लो उपस्थिति रहेको छ । शुद्ध लेखन शैलीका मान्यताहरुलाई आत्मसाथ गर्दै साथै उच्चारणको सही प्रतिनिधित्व, लेखन शैलीमा एकरुपता, सिक्नको लागि सजिलो, सुबिस्ता तथा स्वीकार्य र सहमतिपूर्ण रहोस् भन्ने प्रयास जारी रहेको परामर्शदाता नेत्रमणी दुमी राई बताउनु हुन्छ । कार्यशाला तमु धी नेपाल नयाँबजार पोखरामा सन्चालित छ भने उद्घाटन कार्यक्रमको संचालन तमु धीका महासचिब गिरीप्रशाद गुरुङले गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...