देश विदेशका गुरुङ समुदाय खी ल्होसारको तयारीमा,इजरायलमा पनि प्ये ल्हु संघले डिसेम्बर २९ मा मनाउदै |

जनजाती बिशेस

देश विदेशका गुरुङ समुदाय खी ल्होसारको तयारीमा,इजरायलमा पनि प्ये ल्हु संघले  डिसेम्बर २९ मा मनाउदै |

डिसेम्बर २४ इजरायल :-तमू अर्थात् गुरूङ समुदाय यतिबेला ल्होसार पर्वको तयारीमा व्यस्त भएका छन् । आदिवासी जातजाति समुदायभित्र गुरूङ, तामाङ र शेर्पा जातिले छुट्टाछुट्टै समयमा ल्होसार पर्व मनाउने चलन छ । यही पुस १५ गतेको लागिपोखरा लगायत देश बिदेशका तमु ( गुरूङ) समुदाय ल्होसारको तयारीमा जुटेका छन् ।नेपालमा गुरूङ जातिले मितिको आधारमा यो पर्व मनाउँछन् भने तामाङ र शेर्पा जातिले तिथिको आधारमा ल्होसार मनाउने चलन छ ।

15871729_964272417040315_4141761411358420629_n

जसअनुरूप देशभरका गुरूङ समुदाय यसवर्ष पनि विगतका वर्षहरूमा जस्तै धुमधामका साथ ल्होसार मनाउने तयारीमा व्यस्त छन् । पर्वको नाम, मनाउने तिथि र मिति फरक भए पनि ल्होसारको अर्थ र परिभाषा भने एउटै हुन्छ । समग्रमा ल्होसार भनेको बर्ग फेरिने दिन हो तर आज भोलि यसलाई नया बर्ष भनेर पनि परिभाषित गरिएको पाईन्छ | जसलाई यो पर्व मनाउने समुदायले महान पर्वको रूपमा समेत लिने गर्दछन् र नेपाल सरकारबाट पनि राष्ट्रिय बिदा दिने गरिन्छ। ल्होसारका दिनदेखि नयाँ वर्ष अर्थात् नयाँ ल्हो (वर्गको) थालनी हुने गरेको जनविश्वास रहिआएको छ । जसअनुसार विभिन्न १२ वटा जीवजन्तुको नामबाट १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ ।ति मध्ये तमु( गुरुङ )समुदायमा खी ल्हो (कुकुर )बर्गले यो बर्ष राज गर्ने गर्दछ |यतिबेला तमू प्ये ल्हू संघ, तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषद्, तमू धीं, बौद्ध धर्म सेवा समिति, तमू अर्घौ सदनलगायतका विभिन्न समाज र संघसंस्थाले यो पर्व मनाउने तयारी गरिरहेका छन् ।

1517679_1411899642385626_1343836982_n

यस वर्ष देशभरका,बिदेशमा पनि तमूहरूले कुकुर वर्ग अर्थात् खिल्होलाई स्वागत गर्दैछन् भने चरा वर्ग अर्थात् च्ह्या ल्होलाई बिदाई गर्दैछन् । नेपालसहित तिब्बत, भुटान, भारत, म्यानमार,कतार ,साउदी अरबिया ,बहराइन ,ओमन ,हंगकंग ,कुवेत ,इजरायल , संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरूमा भएका तमू समुदायले भव्यताका साथ यो पर्व मनाउँने तयारीमा लागेका छन् |

25552227_1583683911686745_2987470516840824135_n

ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला,स्योकेइ खाने ,शुभ बर्षको कामना गर्दै तमु हरुका धर्म गुरुहरुले पैरू(रूपा) लगाई दिने, नाचगान, वर्षको सामूहिक समीक्षा तथा विमर्श आदि पर्दछन् ।राजनैतिक ,आर्थिक र जातीय विभेदमा परेको ,जातीय हिसाबले थिचोमिचोमा परेको एक नेपालका मुलबासीहरु मध्येका गुरुङ समुदायमा केहि बर्ष देखि आएको चेतनाका कारण,ल्होसार ,माघे सक्रान्ति जस्ता धेरै चाडपर्व भब्य रुपमा मनाउदै आएका छन् जुन एकदम सकारात्मत पक्ष हो |

lpc

त्यसै अनुशार इजरायलमा जागिरको शिलशिलामा बस्नु हुने तमु (गुरुङ )समुदायमा ल्होसार मनाउना तमु प्ये ल्हु संघ इजरायलले एक कार्यक्रमको योजना गरेको छ |बिदेशमा रहेर पनि आफ्नो सस्कार ,सस्कृति र मौलिकता प्रेमी तमु समुदायमा सौहार्द्रपूर्ण रुपले ल्होसार मनाउना यो कार्यक्रमको योजना गरिएको तमु प्ये ल्हु संघ इजरायलका सस्थापक श्री तेजेन्द्र गुरुंगले बताउनु भयो |आफ्नो जातिमा अरुको धर्म सस्कारबाट आयातितहरुको अनुशरणा गरेर मनाउनु भन्दा आफ्नो जे थियो त्यसलाई नै सम्रक्षण गर्दै लानु पर्ने र यसको अवसर बर्षको एक पटक ल्होसारले पनि दिने गर्दछ वहाले भन्नु भयो |त्यस कारण सम्पूर्ण मौलिकताबादी इजरायलबासि तमु दाज्युभाई दिदिबैनीहरुमा ल्होसारको शुभकामना दिंदै सो कार्यक्रममा उपस्थिति भैदिनु हुन वहाले हार्दिक अनुरोध गर्नु भएको छ |

आयोजक :-तमु प्ये ल्हु संघ इजरायल कार्यक्रम:- खी ल्हो ल्होसार समय :- बेलुका ८ .०० बजे मिति :- २९ डिसेम्बर २०१७ , शुक्रबार स्थान :-इवन गिबरोल ४ तेल अभिब इजरायल(Indira resturent)

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...