नेपालमा आज १७० जना नया कोरोना संक्रमित पुष्टि ,एक जनाको मृत्यु।

स्वास्थ्य

नेपालमा आज १७० जना नया कोरोना संक्रमित पुष्टि ,एक जनाको मृत्यु।
मे २९ काठमाडौं:- नेपालमा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार दिउसो थप १ सय ७० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जस मध्ये पुरुषको संख्या १ हजार १ सय २ महिलाको संख्या १ सय ९ जना रहेको छ । यसरी थपिने संक्रमितहरुमा सप्तरीका ४ जना पुरुष, बाराका ४ जना, पर्साका ५ जना पुरुष, सर्लाही ३ पुरुष १ महिला, ललितपुर १ जना महिला , म्याग्दीमा १ पुरुष, बाँके १० जना पुरुष, कपिलबस्तुका ७ बर्षीय बालक सहित २७ जना पुरुष , झापाका ५६ जना र रौतहटका २ जना बालिका तथा ५४ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हाल सम्म नेपालका जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय ६ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये १ सय ६२ जना पुरुष र ४४ जना महिला रहेका छन् । हाल सम्म देशभरी ९९ हजार ३ सय ५६ जना क्वारेन्टिन र १ हजार जना आइसोलेसनमा रहेका छन । अर्गाखाँची भूमिस्थानका ३५ वर्षीय मृतक पुरुषमा कोरोनाका संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...