तमु प्ये ल्हु संघमा अक्षय कोषको रकम हस्तान्तरण ।

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघमा अक्षय कोषको रकम हस्तान्तरण ।
असोज २५ फिस्टेल न्युज सम्बाददाता , पोखरा :-तमु प्ये ल्हु संघ केन्द्रिय समितिले सञ्चालन गर्ने स्याङ्जाको वालिङ नगरपालिका -४ माथिल्लो चियारे पुर्ख्यौली घर भै हाल युके निवासी भेगलाल चाह्क्ली तमुले एक अक्षय कोषको स्थापना गरिएको छ । तमुका स्वर्गीय बुबा सेरबहादुर तमुको स्मृतिमा तमुले १ लाख ५० हजार ५ सय उन्नाईस रुपैयाँको अक्षयकोष स्थापना गरिएको बताउनु भयो । अक्षयकोषको बार्षिक रुपमा आउने ब्याजबाट हरेक बर्ष तमु जातिको धर्म,सस्कार,सस्कृती,भाषा तथा भेषभुषा लगायत प्राचीन सम्पदा र संरचनाहरुको सम्बर्द्धन तथा प्रबर्द्धन गर्नका लागि योगदान पुर्‍याउने तमु ब्याक्तित्व ( खेगी ,सामाजिक अभियन्त,सन्चारकर्मी ,विद्यार्थी एवम् समाजसेवीको प्रशम्सा स्वरुप कदर गर्दै " सेरबहादुर चाह्क्ली तमु स्मृति अक्षयकोष " बाट सम्मान गर्ने दाताले जनाएको छ । बिहिवार संघको सभा हलमा सम्पन्न रकम हस्तान्तरण कार्यक्रम संघका अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा र संचालन सह सचिव लोकेन पह्च्यु तमुले गर्नु भएको थियोे ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...