युएईको शारजाहबाट शुक्रबार एयर अरेबियाको विमान १६७ जना नेपाली नागरिक लिएर काठमाण्डौ उड्यो |

विदेश

युएईको शारजाहबाट शुक्रबार एयर अरेबियाको विमान १६७ जना नेपाली नागरिक लिएर काठमाण्डौ उड्यो |
जुन ७ मनु कोंमे तमु युएई :- युएईको शारजाह अन्तर्राष्ट्रिय विमानस्थल बाट ०५ जुन २०२० शुक्रबार एयर अरेबिया विमानको उडान नम्बर जि.नाइन १७५१ को उडान बाट १६७ जना नेपाली नागरिक यात्रु लिएर काठमाण्डौ नेपालको उडान भरेको छ।उक्त विमानमा ट्रान्सगार्ड सेक्युरिटी कम्पनीका ७९ जना,इजादा कम्पनीका ६७ जना र अन्य ११ गरि जम्मा  जना नेपाली नागरिक यात्रु लिएर नेपालको उडान भरेको नेपाल राजदुतावास युएईले जनाएको छ। शुक्रबार शारजाह विमानस्थल बाट नेपाल फर्किएका ट्रान्सगार्ड र इजादा कम्पनीका करारपत्र समाप्त भएका सुरक्षागार्ड हुन । कम्पनीले बिहीबार नै हवाइ टिकट काटेका थिए भने फर्किने अधिकांश चैत ११ गते उडानको लागी विमानस्थल गएका थिए तर शारजाह र दुबई विमानस्थलबाट फर्केका थिए । नेपाल राजदुतावास युएईले पहिलो प्राथमिकतामा भिजिट भिसामा युएई आइ अलपत्र र बिचल्लीमा परेका नेपाली नागरिक,अलपत्रमा परेका बृद्धअबश्थामा रहेका,गर्भवती महिला ,कोरोना बाहेकका अन्य बिरामी,नेपालमा आफन्त गुमाएका लगायतका नागरिकहरु लाई नेपाल लैजाने लगत तय गरि युएई स्थित सम्बन्धित निकायमा पत्राचार गरेको थियो भने त्यो सम्भाव हुन नसकी पहिलो चरणमा कम्पनीमा कार्यरत नेपाली नागरिक लाई लिएर एयर अरेबियाको विमानले नेपालको उडान गरेको छ। बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी वास्तविक समस्य,अलपत्र र बिचल्लीमा परेका नेपाली नागरिकहरु युएईमा नै नेपाल फर्किने पर्खाइमा बसेका छ्न।शुक्रबार एयर अरेबियाको विमान बाट नेपाल फर्किएका नेपाली नागरिकहरुले कोरोना भाइरसको परिक्षण विमानस्थलमा नै परिक्षण गरेका थिए भने नेपाल फर्किएका नागरिकहरु कम्पनीको खर्चमा नै गएका हुन । नेपाल राजदुतावास युएईको संकलन लगत अनुसार युएई बाट नेपाल फर्किन चाहने नेपाली नागरिकहरुको संख्या १८ हजार ७ सय भन्दा बढी रहेको राजदुतावास युएईले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...