नेपाल भ्रमण बर्ष २०२० लाई सघाउन इजरायलमा संगीत महाधमाका हुने ।

विदेश

नेपाल भ्रमण बर्ष २०२० लाई सघाउन इजरायलमा संगीत महाधमाका हुने ।
नोभेम्बर २४ इजरायल :-नेपाल भ्रमण बर्ष २०२० तथा बिपन्न बालबालिकाहरुलाई सघाउने उद्देश्यले इजरायलमा ''संगित महाधमाका भेलेन्टाईनस् नाईट २०२०'' आयोजनाको तयारी भईरहेको छ। ईजरायल स्थित प्रवासी नेपाली संगसस्थाहरुको सहकार्यमा खवर विहानी र रुद्र मिडिया प्रालिद्धारा संचालित बुद्ध सन्देश डटकमको आयोजनामा ईजरायलमा ख्यातिप्राप्त तथा विभिन्न विधाका कलाकारहरुलाई एकै मंचमा उपस्थित गराइ संगित महाधमाका भेलेन्टाईनस् नाईट २०२० आयोजना गरिन लागेको छ । नेपाल भ्रमणवर्ष २०२० सफल पार्न तथा गरिब तथा विपन्न बालबालिकाहरुको सहयोगार्थ १४ फेबु्रवरी २०२० मा हगाना वेईत बरबुर १३५ तेल अबिबमा सो कार्यक्रमको आयोजना गरिन लागेको हो ।सो कार्यक्रममा नेपाल आईडल रवी वोड, चर्चित गायक गायीका बैकुण्ठ महत, श्रीदेवी देवकोटा, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखे्रल तथा स्थानियकलाकारहरुको बेजोड प्रस्तुती हुनेछ । यो कार्यक्रमबाट उठेको रकम नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन तथा विपन्न गरिब तथा विपन्न बालबालिकाहरुका लागि सहयोग गरिने आयोजकले जानकारी गराउनु भएको छ । कार्यक्रमलाई सफल बनाउन आयोजक तथा इजरायल सरकारद्वारा मान्यता प्राप्त इजरायली समाजिक सस्थाहरुलाई कार्यक्रममा उपस्थित गराइ नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा गरिने र भरपुर मनोरञ्जन दिन आयोजक जोडतोडका साथ लागेको छ । ख्यातिप्राप्त कलाकार तथा स्थानिय कलाकारका साथ नेपालीहरुले भरपूर मनोरञ्जन लिने बताईएको छ ।कार्यक्रममा सहभागिताकालागि ईजरायलस्थित सबै मिडियाकर्मी ,धार्मिक तथा सामाजिक संघसंस्था, सामाजिक व्यक्तिव्व, शुभेच्छुक, सुभचिन्तक सबैमा सहभागिताका लागि आग्रह गर्दछौ भेलेन्टाइन मिठो खाजाको साथमा लेबेन्सकी पार्कबाट कार्यक्रम स्थल सम्म जानको लागि आयोजकबाटनै बसको ब्यवस्था रहने छ ।

 प्रत्येक टिकटको साथै ( visit nepal 2020 ) को एकओटा आकर्षक टिसर्ट उपहार आयोजकबाट रहने छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...