लन्डनमा एक थप नेपालीको मृत्यु ,युकेमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या १३ ।

विदेश    स्वास्थ्य

लन्डनमा एक थप नेपालीको मृत्यु ,युकेमा कोरोना संक्रमणबाट  मृत्यु हुने नेपालीहरुको संख्या १३ ।
एप्रिल १८ लन्डन :-कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उहाँलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहनुभएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो । पाल्पा स्थायी घर हुनुभएका थापा पछि बुटबल बसाइँसराइ गर्नुभएको थियो ।सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आउनुभएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताउनुभएको छ । हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...