प्रतिनिधि सभाका १६५ वाटै क्षेत्रको परिणाम घोषणा ,५ पार्टी राष्ट्रिय पार्टी बन्ने |

राजनीति

प्रतिनिधि सभाका १६५ वाटै क्षेत्रको परिणाम घोषणा ,५ पार्टी राष्ट्रिय पार्टी बन्ने |

डिसेम्बर १२ काठमाडौँ :- मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गतको प्रत्यक्षतर्फका १६५ वटै क्षेत्रको परिणाम आएको निर्वाचन आयोगले जनाएको छ।सुनसरी क्षेत्र नम्बर ३ को बुधवार बिहान मतपरिणाम आएसँगै प्रत्यक्षतर्फका मत गणना सकिएको हो । सुुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार झिनो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । उनले ३८ हजार ९७२ मत ल्याउने क्रममा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीलाई ३२१ मतले उछिनेका थिए।अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६ र नेपाली कांग्रेसले २३ सिट जितेका छन्।

त्यसैगरी, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ११ र संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक एक सिट ल्याएका छन् भने हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्काबहादुर लामा निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेपछि पार्टीले कारबाही गरेको थियो ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना पनि आधा भन्दा बढी सकिएको जनाइएको छ।समानुपातिकतर्फ प्राप्त पछिल्लो मत परिणाम अनुसार एमालेले १९ लाख ८१ हजार, कांग्रेसले १८ लाख ९५ हजार र माओवादी केन्द्रले ७ लाख ६४ हजार मत प्राप्त गरेका छन् । त्यस्तै संघीय समाजवादी फोरमले २ लाख ५१ हजार, राजपा नेपालले १ लाख ८३ हजार र राप्रपाले १ लाख ३२ हजार, विवेकशील साझा पार्टीले १ लाख २२ हजार, नयाँ शक्ति पार्टीले ५६ हजार, राप्रपा प्रजातान्त्रिकले ४४ हजार राष्ट्रिय जनमोर्चाले ३५ हजार मत ल्याएका छन्।

नयाँ व्यवस्था अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, फोरम नेपाल र राजपा मात्रै राष्ट्रिय पार्टी बन्न सक्ने अवस्था देखिएको छ । राष्ट्रिय पार्टी बन्नका कम्तीमा एक सिट प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु पर्ने र समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।अहिलेसम्मको मतपरिणामलाई हेर्दा पाँचवटा पार्टी राष्ट्रिय पार्टी हुने छन |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...