अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले बिजय दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने |

विदेश    सिनेमा/मनोरन्जन

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले बिजय दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने |
भदौं १३ इजरायल:-हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दसैंको सु-अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ |अक्टोबर १९ तारिख शुक्रबारका दिन तेल अभीव स्थीत यार्कोन पार्कमा भव्यरुपले बनभोजको साथमा सांस्कृतिक कार्यक्रम साथै दोहोरी घम्सा घम्सी कार्यक्रमको आयोजना गर्न लागिएको सस्थाका महासचिव युनिका गुरुङले जानकारी दिनु भएको छ । उक्त दिन इजरायलवासी दाजुभाइ तथा दिदिबहिनीहरुमा पिक्निकमा सहभागिता जनाई एक आपसमा शुभकामना आदन प्रदान गर्नुका साथै BBQ को साथमा रमाउने अवसर नगुमाउनु हुन अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा) परिवारद्वारा हार्दीक अनुरोध गरीएको छ |

आयोजक :-अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा) परिवार स्थान :-यारकोन पार्क तेल अभीव मिति :-अक्टुबर १९ २०१८ समय :-७ बजे सांझा प्रवेश शुल्का :-१०० नीश


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...