अभिनेत्री रेखा थापाको कार दुर्घटना।

सिनेमा/मनोरन्जन

अभिनेत्री रेखा थापाको कार दुर्घटना।

अक्टुबर १२ काठमाडौँ :-चर्चित अभिनेत्री रेखा थापाको कार दुर्घटनामा परेको छ । नेपाली कथानक चलचित्र ‘रुद्रप्रिया’को प्रमोशनमा व्यस्त रहेकी थापाको बुधवार एक अन्तवार्ता दिएर फर्किने क्रममा दुर्घटना भएको हो ।

हिजो बुधबार दिउँसो करिब १२ः१५ बजे चावहिलमा मालवाहक ट्रकले धक्का दिंदा कारमा क्षति पुगेपनि कुनै मानवीय क्षति भने भएको छैन । रेखा आफैँले कार चलाइरहेकी थिइन् ।

रेखा र ट्रक चालक यतिबेला गौशाला प्रहरी वृत्तमा छन् । रिलिज हुन लागेको नेपाली चलचित्र ‘रुद्रप्रिया’ को प्रमोशनमा व्यस्त रहेकी रेखा टिभी फिल्मीबाट अन्तर्वार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा दुर्घटनामा परेकी हुन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...