बिदेशमा कलम चलाउने गीतकार बबी गुरुङ ”निश्चल”लाई एस एम एस अवार्ड |

सिनेमा/मनोरन्जन

बिदेशमा कलम चलाउने गीतकार  बबी गुरुङ ”निश्चल”लाई एस एम एस अवार्ड |
अप्रिल २० काठमाडौँ :-राप्ती म्युजिक अवार्डको छैठौं संस्क्रण एक भब्य समारोहका बिच सम्पन्न भएको छ । शुक्रबार राजधानीको सास्कृतिक सस्थानमा आयोजक रापती समाज काठमाडौंले सो कार्यक्रम सम्पन्न गरेको हो ।सास्कृतिक सस्थानसंगको सहकार्यमा आयोजित कार्यक्रममा सङ्गीतका विभिन्न ३७ विधामा नियमित मनोनयनबाट र अन्य पाँच विधामा आयोजक र निर्णायक मण्डलको तर्फबाट गरि जम्मा ४२ विधामा अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ वासुरी वादक प्रेम राणा औतारीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।बिदेशी भूमिमा रहेर पनि नेपाली गित संगीतलाई माया गर्ने गीतकार बवि गुरूङ निश्चललाई एस एम एस अवार्डले सम्मान हात परेको छ | उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा समाजका महासचिव प्रवीण कुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निर्णायक मण्डलको तर्फबाट निर्णय हस्तान्तरण गर्दै कार्यक्रमको निर्णायक तथा राष्ट्रियसभा सदस्य वरिष्ठ गायिका कोमल ओलीले आफ्नो धारणा व्यक्त गरिन । कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपाली कला र सस्कृतिको संरक्षणका लागि रापती समाजले उच्च योगदान गरेको भन्दै प्रसंशा गरेका थिए। कार्यक्रममा नेपाली सङीत र चलचित्र क्षेत्र लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । अवार्ड विजेताहरुको नामावली:-

१. राष्ट्रिय भावकाे गीत -यम भण्डारी २. चलचित्र गीत रचनाकार- मुक्त उदास ३. चलचित्र संगीतकार – अर्जुन पाेख्रेल ४. चलचित्र गायिका – विन्दु परियार ५. चलचित्र गायक – सुरेश लामा ६. सुगम संगीत नव गायिका – सारिका घिमिरे ७. सुगम संगीत नव गायक – रूद्र शेखर शर्मा ८. युगल गायन – यस राज कुमार र मेलिना राइ ९. गजल- विपिन किरण १०. संगीत संयाेजक (चलचित्र, अाधनिक, पप)-सुदिप सागर ११. ध्वनी मिश्रण – श्याम स्वेत रसाइली १२. नव प्रतिभा राप्ती – समिक्षा पाैडेल १३. डायश्पाेरिक गीतकार – राखी गाैचन १४. राप्ती बहुमुखी प्रतिभा – सृजु अधिकारी १५. राप्ती बाल प्रतिभा – सुप्रिया पाण्डे १६. सुगम गीत रचनाकार – भावेष भुमरी १७. सुगम संगीत संगीतकार – हरि लम्साल १८. म्युजिक भिडियाे निर्देशक (अाधुनिक पप)- क्रान्ति के.सी १९. सुगम संगीत म्युजिक भिडियाे माेडल महिला – सुष्मा अधिकारी २०. सुगम संगीत म्युजिक भिडियाे माेषल पुरूष- दुर्गेश थापा २१. सुगम संगीत गायिका – अञ्जु पन्त २२. सुगम संगीत गायक – अजर जंगम २३. सुगम संगीत एल्वम – दीप दर्पणको “दर्पण” २४. पप गीत – हिमाल श्रेष्ठ २५. म्युजिक भिडियाे छायाँकार – राजेश घिमिरे २६. म्युजिक भिडियाे सम्पादक – निशान घिमिरे २७. लाेक गीत- गणेश गुरूङ २८. लाेक दाेहाेरी नव गायिका – भूमिका गिरी २९. लाेक दाेहाेरी नव गायक – यज्ञ वि.क ३०. लाेक दाेहाेरी संगीत संयाेजक- केशव बडु ३१. लाेक दाेहाेरी शब्द – कस्तुप पन्त ३२. लाेक दाेहाेरी भाका वसन्त थापा ३३. लाेक दाेहाेरी गायिका – टिका पुन ३४. लाेक दाेहाेरी गायक – खुमन अधिकारी ३४. लाेक दाेहाेरी गायक – खुमन अधिकारी ३५. सुगम संगीत माेडल महिला – सारिका के.सी ३६. लाेक दाेहाेरी माेडल पुरूष – महेन्द्र गाैतम ३७. लाेक दाेहाेरी भिडियाे निर्देशक – स्मृति तिमिल्सिना ३८. एस एम एस अवार्ड – बवि गुरूङ निश्चल ३९. जुरी अवार्ड – सनम कठायत ४०. पब्लिक च्वाइस अवार्ड – राजन राज सिवाकाेटी ४१. एप्रिसिएसन अवार्ड – शान्त शिशिर र देवराज अाचार्य ४२. इन्करेजमेण्ट अवार्ड – सन्देश शाह

साभार :-अवाज टैम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...