बलिवुड सुपर स्टार सलमान खानको दबाङ्ग टुर पहिलो पटक काठमाडौँमा हुने |

सिनेमा/मनोरन्जन

बलिवुड सुपर स्टार सलमान खानको दबाङ्ग टुर पहिलो पटक काठमाडौँमा हुने |

फेब्रअरी २३ काठमाडौँ :-बलिवुड सुपरस्टार सलमान खानको दबाङ्ग द टुर राजधानीको टुडिखेलमा हुने भएको छ । मार्च १० (फागुन २६) मा हुने कार्यक्रमको आयोजना टुवोर्गले गर्न लागेको हो ।नेपालमा पहिलोपटक दबाङ्ग टुर सलमान खानसहित अन्य कलाकार सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजि शाह, कृति सेननका साथै टेलभिनजकर्मी मनिष पाउल कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ |

कार्यक्रममा कम्तीमा पाँच दर्जन कलाकारको मनोरञ्जनात्मक तथा सांगितीक प्रस्तुती रहने शोहेल इन्टरटेनमेन्ट एण्ड जेए इभेन्टस र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले जनाएको छ ।सलमान खानलगायत अन्य कलाकार बस्ने होटेल र कार्यक्रम प्रस्तुत गर्ने भेन्युको अवलोकनका लागि जेए इभेन्ट्सका डाईरेक्टर जोडी पटेल र आदिल जग्मागिया मंगलबार काठमाडौं आएका छन् ।

गोरखा ब्रोअरीका मार्केटिङ्ग डाइरेक्टर बैभब शर्माले भने, “टुबोर्गले सधै म्युजिक र फनका लागि सहकार्य गर्दै आईरहेको छ । हामीले आफ्ना ग्राहकहरुलाई मनोरञ्जन दिनको लागि सलमान खान सहित दबाङ्ग द टुरलाई काठमाडौंमा ल्याउन लागेका हौं ।’ उनले भने, ‘म्युजिकको साथमा हामीले आफ्नो ब्रान्डको इमेज बिल्डीङ्गको बिकास हुने योजना पनि बनाईरहेका छौं ।’

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्गको सन् १९९० मा उद्घाटन गरिएको थियो |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...