अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको बार्षिक उत्सव तथा साधारण सभा गर्ने तयारीमा ।

सिनेमा/मनोरन्जन

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको बार्षिक उत्सव तथा साधारण सभा गर्ने तयारीमा ।
मे २३ तेल अभीव :-बैदेशीक रोजगारको शिलशिलामा इजरायलमा बसोबास गर्नु हुने नेपाली कला ,संगीत ,सस्कृती तथा साहित्य प्रेमीहरुको सस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले स्थापनाको ७ औ बर्ष पार गरेको अवसरमा साधारण सभाबाट नया नेतृत्व चयन गर्ने तयारी गरेको छ । नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा कार्यक्रम यहीँ जुन १४ तारिख शुक्रबार सांझ YASODHA HAMALA, 44 TEL-AVIV मा हुन गइरहेको महासचिव युनिका गुरुङले जानकारी दिनु भएको छ । यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुन इजरायलमा कार्यरत विभिन्न विधाका कलाकार , साहित्यकार , पत्रकार , विभिन्न संघ-संस्था/संगठनका नेतृत्व वर्गहरु साथै सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरयल शाखाद्वारा हार्दिक निमन्त्रणा तथा अनुरोध गरेकोछ ।

सातौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम (अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा ) मिती : - जुन १४ तारिख २०१९ शुक्रबार समय :- ठिक ६:०० बजे स्थान :- यशोधा हमला ४४ तेल अभिब


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...