खै ओ म्हिथेबा फिल्मको नायक र नायिकालाई तमु प्ये ल्हु संघ कतारद्वारा सम्मान तथा बिदाई ।

सिनेमा/मनोरन्जन

खै ओ म्हिथेबा फिल्मको नायक र नायिकालाई तमु प्ये ल्हु संघ कतारद्वारा सम्मान तथा बिदाई ।
भदौं ९ दोहा कतार:-तमु प्ये ल्हु संघ कतार शाखाको आयोजनामा नेपाली भाषाको गुरुङ चलचित्र "खै ओ म्हिथेबा" आयो ठूलो मान्छे, अति नै मार्मिक बास्तबिक कथा बस्तुमा आधारीत चलचित्र युरोपेली देश युके, हङकङ, अस्ट्रेलिया, लगायत भर्खरै फ्रान्स पेरिस शहरको आपर सफलता पछि Colorado international activism film festival # CAIFF अमेरिकामा बेस्ट अवार्ड जित्न, गुरुङ चलचित्र जगतमै सुनौलो पानामा नाम लेखाउन सफल अत्यधिक दर्शक श्रोताहरुको मन मस्तिष्कमा बस्न सफल चलचित्र, मुख्य कलाकारको भूमिका गर्नु हुने कथा लेखन/निर्देशक श्री सुबाश गुरुङ्को "खै ओ म्हिथेवा" कतारको सनया स्थित ग्रेण्ड मलको सिनेमा हलमा गत २२ अगस्ट २०१८ बुधबारको दिन तमु प्ये ल्हु संघ कतारको निमन्त्रणामा यसै चलचित्रको नायक श्री आनन्द गुरुङ र नायिका सुश्री मन्जु गुरुङको प्रत्यक्ष उपस्थितिमा सामुदायिक भवन एवं क्होईबो निर्माण सहयोगार्थ स्वरुप केशु ल्हेंगे तमुको संयोजकमा चलचित्र प्रदर्शन कार्य सब्य र भब्य रुपमा सु-सम्पन्न गरिएको थियो । निमन्त्रणामा कतार आउनु भएको नायक नायिका ४ दिनको कतार बसाई पछि हिजो २४ अगस्ट २०१८ शुक्रबारको दिन दोहा स्थित गोर्खा नेपाली रेस्टुरेन्टको पार्टी हलमा रात्री भोज संगै संघको अध्यक्ष श्री संग्राम प्हच्यु तमुको सभापतित्वमा, तमु (गुरुङ) समाज कतार समेतको संयुक्त रुपमा सम्मान बिदाई कार्यक्रम सु-सम्पन्न गरियो । अतिथी कलाकारद्दय नायक श्री आनन्द तमु, नायिका सुश्री मन्जु तमुस्योको विशेष अतिथित्यमा संघका संरक्षक श्री युद्दजङ पह्च्यु तमु , फिल्म प्रदर्शन संयोजक श्री केशु ल्हेंगे तमु, प्रमुख सल्लाहकार श्री अमर ल्हेंगे तमु, विभागीय प्रमुख उपप्रमुख, सल्लाहकार समिति र कार्यसमितिको पदाधिकारी तथा सदस्यज्युहरु साथै, तमु (गुरुङ) समाज कतारको तर्फबाट प्रमुख संरक्षक श्री बिल ब. तमु, अध्यक्ष श्री भाईकाजी तमु, संरक्षक सदस्य, प्रथम उपाध्यक्ष, तमु सांस्कृतिक परिवारको अध्यक्ष, विभागीय संयोजक ज्युहरु एवं धेरै पदाधिकारी सदस्यज्युहरुको कार्यक्रममा बाक्लो उपस्थित रहेको थियो । यस कार्यक्रमको औपचारिक संचलानको लागि का.बा. सचिब रञ्जि्त क्रोम्छें तमुले गरेको थियो ।   संघको प्रमुख सल्लाहकार श्री अमर ल्हेंगे तमु ज्युको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा कलाकारद्दय लाई संघको पच्यु खेगी गुरु श्री जिबन ल्हेंगे तमु ज्युबाट टिका लगाई सफल यात्राको आशिमाला दिए लगत्तै संरक्षक श्री युद्दजङ पह्च्यु तमु ज्यु र प्रमुख सल्लाहकार श्री अमर ल्हेंगे तमु ज्युले कलाकार नायक श्री आनन्द तमु लाई क्रेगी (फेटा) र नायिका सुश्री मन्जु तमुस्यो लाई क्रमु (पछ्यौरी) द्वारा सम्मान गर्नु भएको थियो भने सस्थगत सम्मानमा संघको अध्यक्ष यस कार्यक्रम सभापतित्व गर्नु हुने श्री संग्राम प्हच्यु तमु ज्युबाट सम्मान पत्र प्रदान गर्नु भएको थियो । मायाको चिनो फिल्म प्रदर्शनको संयोजक श्री केशु ल्हेंगे तमुबाट हस्तान्तरण गर्नु भएको थियो । हाम्रो पुन्य अभियान कार्यमा चलचित्र उपलब्ध गराई सहयोग, चलचित्रमा मुख्य भूमिका र कलाकारिता क्षेत्रमा निकै नै चर्चित लेखक/निर्देशक श्री सुबाश गुरुङ लाई पनि उहाको कलाकारिता क्षेत्र बाट तमु समुदायको नाम र प्रटिष्ठा राख्न उल्लेख्य योगदानको कदर गर्दै संस्थाबाट सम्मान पत्र र माया चिनो नायक नायिकाद्दयको हातमा उहा सामु सम्म पुराईदिन हुन अनुरोध गर्दै फिल्म प्रदर्शनको संयोजक ज्यु द्वारा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संघको सल्लाहकार सदस्य श्री आश ब. योज्मे तमु, तमु समाज सांस्कृतिक परिवारको अध्यक्ष श्री मदन तमु, तमु समाज कतारको प्रमुख संरक्षक श्री बिल ब. तमु, अध्यक्ष श्री भाईकाजी तमु, तमु प्ये ल्हु संघ कतार संरक्षक श्री युद्दजंग प्हच्यु तमुले मन्तब्यको क्रममा संस्थाले जुन उद्धेश्य अनुरुप गरिएको अभियान पुर्न रुपमा सफल भएको खुसी ब्यक्त गर्दै, अतिथि कलाकारको कतार बसाई अत्यन्तै सफल भएको र तमु समुदाय भित्र पनि लुकेर बसेको कलाकारितालाई उजागर गर्दै आज सम्पुर्ण बिच परिचित हुन सफल भएको कलाकारद्दय नायक श्री आनन्द तमु र नायिका सुश्री मन्जु तमुस्योलाई अझै अबको दिनमा निखरता ल्याउदै तमु भित्रको संस्कार संस्कृती भाषामा आधारित चलचित्रहरुमा आफ्नो अभिनय देखाउदै जाने छ भन्ने सुभेक्क्षाको साथ सफल यात्राको शुभकामना ब्यक्त गर्नु भयो । नायक आनन्द र नायिका मन्जुले पनि आफू कलाकारिता क्षेत्रमा बामे सर्दै गरेको अबस्थामा कला र प्रतिभाको यति धेरै माया गरेर कतार सम्म बोलाउनु भइ दिएको यो सम्मानलाई दिल खोलेर अन्तरमन बाटनै प्रशंसा गर्नु भयो, साथै दोहा स्थित संघ सस्थाहरुको अतुलनिय सहकार्य र सहयोगले चलचित्र प्रदर्शन कार्यपनी सफल भएको ठहर गर्नु भयो संघ संस्थाहरुले दिएको यो अतुलनिय सम्मान साथ र सहयोगले थप उर्जाको हौसला पाएको र उहांहरु धेरै नै ऋणी भएको धारण ब्यक्त गर्दै अत्यन्तै खुसी आभार ब्यक्त गर्नु भएको थियो । साथमा कलाकार नायक आनन्द ले नेपाल बाट ल्याउनु भएको मायाको चिनो तमु जातिको धरोहर क्होईवों को प्रतिक र नायिका मन्जुले पनि नेपालबाट सम्हालेर ल्याउनु भएको मायाको चिनो ढाकाको टोपी संस्थागत तमु प्ये ल्हु संघ कतार लाई साथै फिल्म प्रदर्शनमा खटिनु हुने पदाधिकारीज्युहरुलाई, तमु समाज कतारको प्रमुख ज्यूहरुलाई पनि प्रदान गर्नु भएको थियो । अन्त्यमा, कलाकारद्वयलाई धेरै भन्दा धेरै माया गरेर आयोजक समूह, सहयोग लगायत आ-आफ्नो ब्यक्तिगत तर्फबाट सम्झना रुपी अनेकौ मायाको चिनोहरु प्रदान गर्दै, आ-आफ्नो तर्फबाट टिका लगाई सफल यात्राको कामना सहित बिदाई गरिएको थियो । कार्यक्रमको सभापतित्व गर्नु हुने संग्राम प्ह्च्यु तमु बाट समग्र रुपमा सम्पुर्णलाई सम्बोधन गर्नु हुदै धन्यवाद आभार ब्यक्त गर्नु भयो र नायक नायिकाको सफल यात्राको शुभकामना दिनु हुदै रात्री भोजको ग्रहण गर्नहुन अनुरोध सहित कार्यक्रम समापन भएको घोषणा गर्नु भयो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...