नवलपुरमा १ लाख ३३ हजार नगद सहीत ९ जना जुवाडे पक्राउ |

अपराध

मंसीर २९ कावासोती:-नवलपुरको मध्यविन्दु नगरपालिकामा भरतपुरमा ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मध्यविन्दु–४ मदनपुरमा गएराति कौडा खेलिरहेको अवस्थामा एक लाख ३३ हजार नगदसहित ९ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, २० वर्षीय एनिस गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, मध्यविन्दु नगरपालिका ३ का ४३ वर्षीय तीलकराम महतो र पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ का ४० वर्षीय दीपक भण्डारी छन् । त्यस्तै, बर्दघाट १४ का ३५ वर्षीय छविलाल शर्मा, बर्दघाट १५ का २८ वर्षीय लालबहादुर तमाङ्ग, चितवनका ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङ घर भई चितवनको भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय कविता गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालयन नवलपुरमा राखिएको छ । साभार :-छ्याजलो डट कम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...