तिहार सांगीतिक साँझ इजरायलमा सम्पन्न,ज्योति मगरले मगर पोशाकमा स्टेज तताईन ।

सिनेमा/मनोरन्जन

तिहार सांगीतिक साँझ इजरायलमा सम्पन्न,ज्योति मगरले मगर पोशाकमा  स्टेज तताईन ।

अक्टुबर २३ इजरायल :-अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलद्वारा आयोजित तिहार सांगीतिक साँझ,गएको शुक्रबार २० अक्टोबरमा तेलअविव इजरायलमा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलकि अध्यक्ष सीता घिसिङको सभापतित्वमा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत निरन्जन कुमार थापा गर्नु भएको थियो ।

cpm1

नेपाली रास्ट्रीय गानबाट शुरु भएको उक्त कार्यक्रममा,स्थानिय कलाकारबाट बाट केहि समय देउसी भैलो त्यस्तै स्वागत मन्तव्य मंचकी प्रथम उपाध्यक्ष दाना कादम्बरी श्रेष्ठ राख्नु भएकी थिईन भने शुभकामना मन्तव्य मंचको वरिष्ठ उपाध्यक्ष पेमा लामा पाख्रिनले व्यक्त गरेकी थिईन ।मंचका कलाकारहरु प्रीनिषा कन्दङ्वा,सोनी योन्जन तामाङ,स्वास्तिका श्रेष्ठ र शान्ति लिम्बु र काब्या क्षेत्रीले तिहारको गीतमा नित्य प्रस्तुति गरेकी थिईन ।

नेपालबाट आमन्त्रित कलाकार मोडल /गायिका ज्योति मगर ,गायक नबराज बस्नेत र इजरायलवासी नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।ज्योति मगर दर्शकहरुको अन्दाज भन्दा छुट्टै पहिरनमा पहिलोपटक स्टेजमा मगर भेषभुषामा उपस्थित भएका थिए ।कार्यक्रम संघका महासचिव कुमार आङदेम्बे अबि, सचिव युनिका गुरुङ र सहसचिब पदमा गुरुङले संचालन गरेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...