तमु धीं जापानको कार्यक्रममा जापान पुगेका हास्यकलाकार र गायिका सबिना गुरुङ जापान प्रवेश गर्न पाएनन,कार्यक्रम भब्य रुपले सम्पन्न ।

सिनेमा/मनोरन्जन

तमु धीं जापानको कार्यक्रममा जापान पुगेका हास्यकलाकार र गायिका सबिना गुरुङ जापान प्रवेश गर्न पाएनन,कार्यक्रम भब्य रुपले सम्पन्न ।
अगस्ट ६ टोक्यो:- तमु धिं जापानको कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।तमु धिंले कलाकारद्वयलाई हानेदा विमानस्थल अध्यागमनले ‘प्राविधिक त्रुटि’ देखाई प्रवेशाज्ञा नदिएको एक प्रेस बिज्ञप्ती मार्फत बताएको छ । तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (Vise) दिएको थियो तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले जानकारी दिएको छ । कलाकारद्वय फर्कनु परेकोमा दुःख व्यक्त गर्दै आयोजक संस्था तमु धिंले कार्यक्रम पूर्वनिर्धाति मिती , समय र स्थानमै भब्य रुपले सम्पन्न भएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...