युएईको दुबईमा चलचित्र भेडी गोठाले प्रदर्शन हुंदै।

सिनेमा/मनोरन्जन

युएईको दुबईमा चलचित्र भेडी गोठाले प्रदर्शन हुंदै।
भदौ १ मान सिङ गुरुङ ( मानु कोन्मे)- युएई :- मिलन डि जि इन्टरनेशनल प्रा.लि.को प्रस्तुति चलचित्र "भेडी गोठाले " मिलन फाउन्डेसनका संरक्षक,मिलन डिजि इन्टरनेशनल प्रा.लि.का अध्यक्ष,नेपाल आदिबासी जनजाति महासंघ हङकङका उपाध्यक्ष,रि-च्हमी परिवार नेपालका संरक्षक,वरिष्ठ समाजसेवी एवं चलचित्रका निर्माता दुर्गा गुरुङ,बिजय गुरुङ,बिक्रम गुरुङ र देउ कुमारी गुरुङ्ले बनाएका हुन। यस चलचित्रमा निर्देशक सुवास गुरुङ्को लेखन तथा निर्देशन रहेको छ, भने राजेश गुरुङ,सुवास गुरुङ,अश्मी गुरुङ,खुशी गुरुङ,गौरी गुरुङ,सनम गुरुङ र मेख गुरुङको प्रमुख भुमिका रहेको छ। चलचित्र भेडी गोठाले नेदरल्याण्डकोको अमस्टरडममा आयोजित मनिफेस्टो फिल्म फेस्टिभलमा समेत अन्य देशहरुको चलचित्र संग प्रतिस्पर्धा गर्न सफल भएको चलचित्र हो। लमजुङ क्होइवो धि निर्माण सहयोगार्थ को लागि चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङको उपस्थितिमा नेपाली भाषमा रहेको गुरुङ चलचित्र "भेडी गोठाले" यहि २४ अगस्ट २०१८ शुक्रबार सिल्भर स्पुन रेष्टुरेन्टको हल वर दुबई युएईमा भव्यताका साथ दर्शक माझ इस्लाम धर्मलम्बीहरुको पर्व बक्री इदको अवसर पारी प्रदर्शन हुने भएको छ। चलचित्र प्रदर्शन दिनको २ बजे देखि पहिलो सो र ४ बजे देखी दोस्रो सो हुने भएको छ।चलचित्र प्रदर्शनको जिम्मेवारी तमु प्ये ल्हु संघ युएईले लिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...