भारतमा रावणको पुत्ला दहन कार्यक्रममा दुइ रेलको चपेटामा परि ७० जनाको मृत्यु |

विदेश

कात्तिक ३ अमृतसर :- पन्जाबको अमृतशहरमा गुडिरहेका दुईवटा रेलको चपेटामा परेपछि मर्नेहरुको संख्या ७० जना भन्दा बढी पुगेको छ । हिन्दुस्तान टाईमका अनुसार पठानकोटबाट अमृतसरतर्फ आईरहेको दुइवटा रेलसंग मानिसहरु ठोक्किएका थिए । जालंधर-अमृतसर एक्सप्रेसका रेल जोड़ा फाटक (गेट) बाट गइरहेको बेला नजिकै जलिरहेको रावणको पुतलाबाट जोगिन भागखौड मच्चिएको थियो ।सोहीबेला अर्को रेल समेत उक्त ट्रयाकमा आएपछि मानिसहरु आत्तिन पुगेको र भागदौड मच्चिएको समाचारमा उल्लेख छ ।अमृतसरमा यतिखेर हाई अलर्टको घोषणा गरिएको छ । रेलवे रोड नजिकै रामलीलाको अन्तिम दिन रावणको पुत्ला दहन भईरहेको थियो । पाँच सात सय दर्शक पुत्ला दहनको आनन्द लिईरहेको बेला पटाका विष्फोट हुन थालेपछि दर्शकहरु टाढा भाग्न खोजेको बेला रेल आएको थियो |अर्कोतरफबाट डिएमयु रेल आइरहेको अवस्थामा दुबै रेलको चपेटामा परेर मृत्यु भएको थियो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...