अमेरिकाको क्यालिफोर्नियामा डढेलोमा २९ जनाको ज्यान गयो |

विदेश

अमेरिकाको क्यालिफोर्नियामा डढेलोमा २९ जनाको ज्यान गयो |

अक्टुबर १३ क्यालीफोर्निया :-अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलोमा परी ज्यान गुमाउने मानिसहरुको संख्या २९ पुगेको छ।अधिकारीहरुले डढेलोका कारण स्थिति झन् खराब हुनसक्ने चेतावनी दिएका छन्।उत्तर क्यालिफोर्नियास्थित प्रसिद्ध अंगुर बगान क्षेत्रमा फैलिएको डढेलोपछि सयौं मानिसहरु अझै हराइरहेका छन्।आठ हजारभन्दा बढी अग्निनियन्त्रकहरु डढेलो नियन्त्रणमा लिने प्रयासरत छन्।

डढेलोका कारण ३५ सयभन्दा बढी भवनहरु ध्वस्त भएका छन् भने २५ हजार मानिसहरु विस्थापित भएका छन्। अधिकारीहरुका अनुसार सोनोमा काउण्टीमा १५ जना, मेण्डोसिनो काउण्टीमा आठजना, युवा काउण्टीमा चारजना र नापा काउण्टीमा दुईजनाको ज्यान गएको छ।शनिवार रातिदेखि शुरु भएको डढेलोको कारण अहिलेसम्म थाहा हुन नसके पनि अधिकारीहरुले शक्तिशाली हुरीका कारण बिजुलीबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन्।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...