नेपाली सिनेमा शिरफुलाको गीतलाई ४० लाख दर्शकले हेरे ,तहल्का मच्चाए यु ट्युबमा |

सिनेमा/मनोरन्जन

नेपाली सिनेमा शिरफुलाको गीतलाई ४० लाख दर्शकले हेरे ,तहल्का मच्चाए यु ट्युबमा |

अप्रिल ०२ काठमाडौँ :-चलचित्र्र शिरफुलको शिर्ष गीत भिरै माथि भिर फूल शिरै माथि शिरफूलले युट्युवमा निकै तहल्का मच्चाईरहेको छ । सकारात्मक प्रतिक्रियाका साथै प्रस्तुत गीतले धेरैको मन जितेको छ । नेपाली लोकलय साथै शब्दलाई मिठासपूर्ण तरिकाले गाइएको यस गीतलाई युट्युवमा ४० लाख भन्दा बढीले हेरीसकेका छन् भने गीतको भिडियोलाई १४ हजार भन्दा बढीले लाइक गरेका छन् र करिब ८ सय भन्दा बढिले कमेन्ट गरेका छन् ।

देव राज आले मगर र तारा श्रीस मगरको सुमधुर स्वरले सुसजित प्रस्तुत गीतमा देवराज आलेको संगीत र राजु थापाको शब्द रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । अजय स्यांग्तानको कोरियोग्राफीमा गीतको भिडियोमा अभिनेत्री मरिश्का पोख्रेल र कमल एक्चै मगरले दमदार नृत्य गरेका छन् ।युवा पुस्तामा बढ्दो आधुनिकताले गर्दा परेको विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउने विषयवस्तु समेटिएको ’शिरफुल’मा प्रेम, मौलिकता तथा संस्कारको नकारात्मक प्रभावको चित्रण गरिएको छ ।

गाउँदेखि शहरसम्मको विषय समावेश गरिएको यस फिल्म नारी प्रधान कथावस्तुमा तयार पारिएको छ ।मगर्स क्रियसन र पर्फमिङ आर्ट क्रियशनको पहिलो प्रस्तुतीमा बनेको ’शिरफुल’लाई आशिर्वाद पुन मगरले निर्माण गरेका हुन् भने युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेका हुन् । फिल्ममा रुपा राना मगर, विनिता मगर, राज थापा, देव आले मगर, निता पुन मगर, पुजा गदल, नमिता तामाङ्, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगर लगायतको अभिनय रहेको छ ।

फिल्ममा देव राज आले मगरको कथा, राज थापा र राजु योगिनको पटकथा र संवाद, हरि लम्सालको संगीत, श्री खड्काको द्वन्द्व, डिपी खनाल र सन्दिप थापाको गीत, सिद्धान्त एस पौडेलको निर्माण नियन्त्रण, निरज श्रेष्ठको छायांकन रहेको छ ।

साभार :-मगर मिडिया हेर्नुहोस् भिडियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...