नारायणीको किनारमा चितवन बासीलाई नचाए नेपथ्य ब्याण्डले |

सिनेमा/मनोरन्जन

नारायणीको किनारमा चितवन बासीलाई नचाए नेपथ्य ब्याण्डले |

जनवरी १६ चितवन :-नेपाली लोक तथा आधुनिक संगीतमा छुट्टै छाप छोड्न सफल नेपालको चर्चित व्याण्ड नेपथ्यले माघे संक्रान्तिको अवसरमा नारायणी नदी किनारमा गरेको प्रस्तुतिमा हजारौँ दर्शकहरु झुमेका थिए । नारायणी किनारको चौर धुलाम्मे हुँदासमेत साङ्गीतिक माहोलमा लठ्ठिएका दर्शकहरुले एकोहोरो हुटिङ गर्दै कार्यक्रम अवधिभर उफ्रिएर रमाइलो गरे ।नदी किनारको मैदानमा निर्माण गरिएको बिशाल कन्सर्टस्थलमा झण्डै ७ हजार दर्शक कार्यक्रम सुरुभएदेखि अन्तिम सम्मै लगातार नाचेका थिए ।

कन्सर्टको सुरुवात नेपथ्यका दुई चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो । म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित‘कुरुपअनुहार हो’ गीतबाट कार्यक्रम सुरुगरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झना सुनाए ।स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपीतस्बिर देखाइएको थियो । यसरी अघि बढेको कार्यक्रममा उनले नेपथ्यको २५ वर्षे यात्राका एकपछि अर्का लोकप्रिय सिर्जना प्रस्तुतगर्दै गए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...