रबि लामिछाने कहिले प्रहरी त कहिले वकिल जस्तो बन्न खोज्छन ,त्यो पत्रकारिता भित्र पर्दैन ,दिनेश डि सी |

सिनेमा/मनोरन्जन

रबि लामिछाने कहिले प्रहरी त कहिले वकिल जस्तो बन्न खोज्छन ,त्यो पत्रकारिता भित्र पर्दैन ,दिनेश डि सी |
जुन १२ काठमाडौँ :-नेपाली सिनेमा क्षेत्रका कुनै बेला चर्चित् नायक ,निर्देशक नेपाली संचार माध्यममा ‘आवाजको दुनियाँको साथी’ दिनेश डिसी प्रसिद्ध छन्। संचारमध्यम तथा कला क्षेत्रमा लागेका उनलाई नचिन्ने दर्शकहरु कमै छन्। चलचित्र क्षेत्रमा व्यस्त भएपनि संचार माध्यमबाट हराएका उनी फेरी पनि रेडियो कान्तिपुरबाट संचार माध्यममा फर्किएका छन्। दिनेश डि।सी रेडियो कान्तिपुरमा स्टेसन म्यानेजरको रुपमा देखापरेका छन्।यो पद समालेको छोटो समयमै आफूले कार्यक्रमहरुको व्यवस्थापन, समाचार शैली आदिमा अमुल परिवर्तन ल्याएको उनी दाबी गर्छन |दिनेश डिसीका अनुसार, नयाँ पुस्ता र नयाँ प्रविधि अनुसार कार्यक्रम र शैली नयाँ आउनु पर्ने र, रेडियो कार्यक्रम संचालकहरु आफूलाई अपडेट गर्दै फरकपन ल्याउन सक्नु पर्ने नत्र सफल नहुने तर्क राख्दछन । दिनेश डि सीले अहिले लोकप्रिय टेलिभिजन कार्यक्रम संचालक रवि लामिछानेलाई गरेको टिप्पणीका कारण चर्चामा छन् | डि सीले सिधा कुरा जनताका संचालक रवि लामिछानेलाई कहिले प्रहरी र कहिले वकिल नबन्न सल्लाह दिएका छन् ।उनी भन्छन्, ‘रवि लामिछानेले अपराधिलाई नङ्गाएका छन्, खोजमुलक पत्रकारिता गरेका छन्, त्यो राम्रो हो। तर कहिलेकाहीं उनी  प्रहरी वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित्र पर्दैन’।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...