दुबईमा स्याङ्जाली ठिटो चलचित्रको प्रीमीयर शो सम्पन्न दुबै शो हाउसफुल |

सिनेमा/मनोरन्जन

दुबईमा स्याङ्जाली ठिटो चलचित्रको प्रीमीयर शो सम्पन्न दुबै शो हाउसफुल |

डिसेम्बर ९ दुबाई:-युएईको दुबई स्थित वरदुबईको अरवियन कोर्टयार्ड होटेलमा २०१७ डिसेम्बर ८ तारीख शुक्रबार नेपाली दुताबास युएईका का.बा. राजदुत नेट्रबहादुर टण्डनको विशेष उपस्थितीमा स्याङ्जाली ठिटो चलचित्र भब्य रुपमा प्रदर्शन भएको छ ।साङ्जाली ठिटो चलचित्रका नायक तथा निर्माताहरु प्राय युएई कै भएकोले यश चलचित्र प्रदर्शनले निक्कै दर्शक बटुलेका थिए । यश चलचित्रको प्रीमियर शो नै दुबई बाट प्रारम्भ भएका छन । हिजो शुक्रबार अरवीयन कोर्ट्यार्ड होटेलमा उक्त चलचित्रको दुई शो भि.आई.पी र नर्मल शो भएको हो । चलचित्रका नायक तथा निर्माताहरु संघकै सदस्यहरु भएकोले प्रदर्शनमा तमु प्ये ल्हु संघ युएईले आयोजक बनी सहयोग गरेका थिए ।

tilak

tilak5

उक्त चलचित्र प्रदर्शन भब्य गराउन स्याङ्जाली ठिटोका लेखन तथा निर्देशन प्रीतम गुरुङ, नायक वीरबल घले र नायक आईतराम गुरुङ समेत उपस्थित रहेका थिए । चलचित्र प्रदर्शन निर्धारण गरीएको समय भन्दा केही ढिलो प्रदर्शन भएका थिए । आयोजकले दिउँसो १२ र ३ बजे गरि दुई शो को समय निर्धारण गरीएका थिए तर प्राबिधिक समस्याका कारण करीब २ बजे बाट मात्र चलचित्र प्रदर्शन सुरु भएको थियो । दर्शकहरुबाट चलचित्र राम्रो अभिनय,सामाजिक र सकारात्मक बनेको प्रतिकृया बटुलेका छन भने युएईमा अबस्थित काबा राजदुत नेत्र बहादुर टण्डन ज्यु आफुले युएईमा रहदा करीब २/३ ओटा गुरुङ चलचित्र हेर्ने मौका पाए ती सबै प्राय एक्दम सामाजिक परीघट्नालाई समेटीएको र सकारात्मक शन्देशमुलक बनेको भन्दै गुरुङ चलचित्रको प्रशंसा गर्न भ्याए भने अन्ने संघ सस्थाका प्रतिनिधीहरुले समेत सकारात्मक टिप्पणी गरेका छन । दर्शकहरुको राम्रो प्रतिकृया बाट चलचित्र प्रदर्शनमा उपस्थित चलचित्रका निर्देशक,नायक र निर्माताहरुले निक्कै खुशी प्रकट गरेका छन ।

tilak2

tilak3

चलचित्र प्रदर्शन पश्चात् साझ ७ बजे बाट वरदुबईकै सिल्भर स्पून होटेलमा तमु प्ये ल्हु संघ युएईले सम्मान तथा बिदाई कार्यक्रम राखिएका थिए । उक्त सम्मान तथा बिदाई कार्यक्रममा युएई भुमीलाई बिट मारी अष्ट्रेलीया प्रस्थान गर्दै गर्नुभएका तमु प्ये ल्हु संघ युएईका प्रमुख संरक्षेक कर्णेल सुवीराज च्हम्रु तमु तथा वहाको धर्म पत्नी सरीता लेम तमुस्यो, नेपाल बाट चलचित्र प्रदर्शन गर्न आउनु भएका लेखन तथा निर्देशक प्रीतम गुरुङ (प्हच्यु), नायक वीरबल घले(क्ले), नायक आईतराम गुरुङ(लेम), खेम गुरुङ(प्हच्यु), सुरज गुरुङ(प्हच्यु) लगायतलाई गुरुङ सस्कारीक तभरले सम्मान गरेका छन भने नेपाल बाट आउनु भएका गुरुङ चलचित्रकर्मीहरु लाई संघका अध्येक्ष ओम प्हच्यु तमु द्वारा १/१ थान तमु प्ये ल्हु संघ युएईको लोगो अंकित टिशर्ट समेत मायाको चिनोको रुपमा प्रदान गरेका छन ।

tilak6

सम्मान तथा बिदाई कार्यक्रम साझ ७ बजे देखि करीब ११ बजे सम्म रात्रीभोजका साथ नेपाल बाट आउनु भएका कलाकारहरुको साथमा नाच गान गर्दै रमाईलोका साथ समापन भएका छन ।

स्रोत :-ईच्छाकामना न्युज संवाददाता


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...