गुरुङ सस्कार सस्कृतिमा आधारित गुरुङ चलचित्र पहा/पा (रक्सि )को प्रदर्शन पोखरामा हुने ।

सिनेमा/मनोरन्जन

गुरुङ सस्कार सस्कृतिमा आधारित गुरुङ चलचित्र पहा/पा (रक्सि )को प्रदर्शन पोखरामा हुने ।

डिसेम्बर ०६लोकेन तमु फिष्टेल न्युज सम्बतदाता पोखरा :-गुरुङ सस्कार- सस्कृतिमा आधारित गुरुङ चलचित्र पहा / पा ( रक्सी) को पुस पहिलो हाप्त पोखरामा च्यारिटो शो हुने निर्माता भोजेन्द्र पह्च्यु तमुले जानकारी दिनु भयो ।आदिवासी जनजाति मध्येको एक जाति गुरुङ जाति पनि हो,यस जातिको जन्मदेखी मृत्यु र मृत्यु परयन्त पनि गरिने कर्मकाण्डमा नभै नहुने सामग्रीमा रक्सी पनि एक हो । पाह चलचित्रमा गुरुङ समुदायले कुन प्रयोगजनका लागि र के कसरी रक्सिको प्रयोग गरिन्छ र यसको महत्त्व के छ ,भन्ने बिसयमा उल्लेख गर्न खोजिएको निर्माता सोम तोहोर्जे तमुले बताउनु भयो ।

पाह ( रक्सी ) गुरुङ समुदायको अत्यन्तै महत्त्वपूर्ण चिज हुदाहुदै यस्को सहि र गलत प्रयोगबाट के कस्ता परिणामहरु सृजना हुन सक्छ त ? भन्ने बिसयलाइ पनि चिरफार गर्न खोजिएको उक्त चलचित्रका कलाकार बलबहादुर क्रोम्छे तमुले जानकारी गराउदै बाकी बिस्तृतरूपमा चलचित्र हलसम्म आइदिएर हेरिदिनुहुन समेत आग्रह गर्नु भयो ।कास्कीको भदौरे,पोखरा लगायतका ग्रामिण तथा शहरी क्षेत्रमा सुटिङ गरिएको पाहको ( रक्सी )प्रेमबहादुर गरब्ज तमु हङकङ ,सोम तोहोर्जे तमु यु के,भोजेन्द्र पह्च्यु तमु हङकङ ,गमबहादुर तमु बहराइन ,दुर्गराज तमु हङकङ ,चिजमान तमु हङकङ ,सुर्य तमु यु के र रेखा तमुस्यो पोखराले २० लाख लागतमा निर्माण गरेको स्रोतले जनाएको छ।

अगामी पुस एक गते शनिबार बारही चलचित्र घरमा मध्यन्ह १२ बजे र दिउँसो ३ बजे प्रदर्शन गर्न गइरहेको आयोजकले जनाएको छ । ङ्योए फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्मित पाह चलचित्रको निर्देशन तथा कथा जितमान तमुको रहेको छ भने नृत्य गोरे तमु,छायांकन तथा सम्पादन हितमान तमु,पटकथा / सम्बाद कृष्णकुमार तमु,प्रकाश सरोज तमु,ब्यबस्थापन गजेन्द्र तमु र श्रृङ्गार पुष्कर थापाको रहेकोे छ । गुरुङ चलचित्रका केही नयाँ र पुराना अनुहारहरुको अभिनय रहेको पाहमा साजन टु तमु,मिथुन भुज तमु,पुनम ल्हेगे तमु,दिया भुज तमु,बलबहादुर क्रोम्छे तमु,पदम टु तमु,नरकाजी टु तमु,मुन ताह्ज्मे तमु आदि कलाकारहरुले खेलेका छन ।

हङकङमा प्रदर्शन भैसकेको पाह चलचित्रको बिदेशका अन्य स्थानहरुमा पनि प्रदर्शन तयारी हुदै रहेको स्रोतले बताएका छन भने पोखरामा तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिले प्रदर्शनको तयारी मिलाएको निर्माता भोजेन्द्र तमुले बताउनु भयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...