गुरुङ भाषाको चलचित्र प्हा(रक्सि )बहराइनमा प्रदर्शनको तयारि |

सिनेमा/मनोरन्जन

गुरुङ भाषाको चलचित्र प्हा(रक्सि )बहराइनमा प्रदर्शनको तयारि |

जनवरी २९ राजित गुरुङ बहराइन:-ङयोए फिल्म प्रा. लि. को ब्यानरमा निर्मित गुरुङ भाषाको पहिलो कोशेली चलचित्र प्हा / पा (रक्सी) को यही फेब्रुबरी २ / २०१८ मा बहराइन स्थित इन्द्रेणी रेस्टुरेन्टको हलमा च्यरिटी शो गर्ने भएको छ । जितमान गुरुङको कथा अनि निर्देशनमा निर्मित चलचित्र,गुरुङहरुको चलनचल्ती अनुसार जन्म र मृत्यु संस्कारमा नभई नहुने संस्कारिक पेय पदार्थ रक्सीको कथा बस्तुलाई समेटेर तयार पारीएको चलचित्र रहेको हुँदा बहराइनमा रहनु भएको सम्पूर्ण नेपालीहरुलाई उक्त चलचित्र हेरिदिनु हुन यस फिल्म निर्माता मध्य एक बरिस्ठ समाजसेबी गम गुरुङले आग्रह गर्नु भएको छ ।

गुरुङ भाषा नबुझ्नेहरुका लागि पनि सब टाइटल नेपालीमा लेखिएको हुँदा उक्त चलचित्र सबैले सजिलै बुझन र हेर्न सकिने जानकारी यस फिल्म च्यरिटी सो का ब्य्बस्थापक दिपक गुरुङले जानकारी दिनु भएको छ । ईन्द्रेणी रेष्टुरेन्ट हुर्रामा साँझ ४ बजे देखि प्रदर्शन हुन गैरहेको उक्त चलचित्रको प्रिमियर सो यस भन्दा अघी नेपाल, हङकङ, लगयतको देशहरुमा भै सकेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...