नवलपरासीमा पार्किंग गरेर राखेको स्कुटीमा अज्ञात समुहले आगो लगाए |

अन्य

नवलपरासीमा पार्किंग गरेर राखेको स्कुटीमा अज्ञात समुहले आगो लगाए |

जनवरी ८ नवलपरासी :- कावासोती नगरपालिका–१४ डण्डा निवासी धनबहादुर थनतेको घरको गोदामभित्र राखिएको स्कुटी र साईकलमा अज्ञात समूहले आगजनी गरिदिएका छन् ।आगजनीबाट लु ३२ प ३५८४ नम्बरको स्कुटी र हिरोक्युन साईकल पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आईतबारराती करीब साँढे ११ बजेतिरको समयमा सो घटना भएको पारिवारिक श्रोतले जनाएको छ ।आगजनीबाट स्कुटी, साईकल र गोदाममा रहेको अन्नपात जलेर पूर्ण रुपमा नष्ट हुँदा करिब अढाई लाख रुपैयाँ बराबरको क्षती पुगेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...