डा.गोविन्द केसी अस्पताल भर्ना ,१६ औ पटक अनशन बस्दा स्वस्थ बिग्रियो |

अन्य

डा.गोविन्द केसी अस्पताल भर्ना ,१६ औ पटक अनशन बस्दा स्वस्थ बिग्रियो |
पुस ३० ईलाम :- अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या तथा मुटुको गतिमा गडबडी आएपछि उनलाई सोमबार बिहान इलाम जिल्ला अस्पताल लगिएको हो। डा. केसीको अभियन्ता देवराज भारद्वाजका अनुसार शहरी विकास भवनमा अनशनरत डा. केसीलाई एम्बुलेन्समा राखेर इलामको चोकबजारस्थित जिल्ला अस्पतालमा पुर्‍याइएको हो। डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको चिकित्सक रामकृष्ण आचार्यले बताए । उनका अनुसार डा. केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।आइतबार नै मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन गत बुधबार बहुमतले पारित गरेपछि त्यही दिन अपराह्नदेखि उनी १६ औं अनशनमा बसेका हुन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...