गाडी दुर्घटनामा परेर एसपी पोख्रेलको मृत्यु, सिडिओ गम्भीर घाइते |

अन्य

गाडी दुर्घटनामा परेर एसपी पोख्रेलको मृत्यु, सिडिओ गम्भीर घाइते |
माघ १२ बारा :- कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा बाराका प्र. जि. अधिकारी (सिडिओ) गणेश भट्टराई चढेको गाडी दुर्घटनामा परेको छ। सहिद हिरालाल गौतमको स्मृति पार्कमा आयोजित पिकनिक सकेर फर्किदै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको हो। गाडीमा सवार सिडिओ गम्भीर घाइते छन् भने चालकसहित अन्य तीनजना घाइते छन्। सिडिओ सवार गाडी रोकिराखेको ट्याक्टरको ट्रेलरमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार एसपी पोखरेललाई दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। गम्भीर घाइते सिडिओ भट्टराईलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...