काभ्रेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ,३ घाइते |

अन्य

काभ्रेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ,३ घाइते |
कार्तिक १० काभ्रे :-काभ्रे जिल्लाकाे मण्डनदेउपुर नगरपालिकामा भएको जीप दुर्घटनामा  नेपाल प्रहरीका डीआईजी सुशील भण्डारीको पनि मृत्यु गएको छ । भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसहित दुर्घटनामा ३ जनाले ज्यान गुमाएको छ । यसअघि दुर्घटनामा रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको थियो । दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइतेको धुलिखेलमा उपचार भइरहेको छ । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...